नगरपालिका अगाडीको तीनगेडा जुनार र एमाले उस्तै हो: दाहाल

सिन्धुली – बाम लोकतान्त्रिक गठबन्धन दलबाट सिन्धुली क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लेखनाथ दाहाल (राजन) ले कमलामाइ नगरपालिका अघि बनाइएको तीन गेडा नक्कली जुनार र नेकपा एमाले उस्तै रहेको बताउनुभएको छ ।

प्राइम टेलिभिजन एचडीबाट प्रशारित मंसिर ४ महासङ्ग्राम कार्यक्रमको बहसमा सहभागी हुँदै दाहालले नगरपालिकाका निबर्तमान मेयर खड्गबहादुर खत्रीले आफू मेयर हुँदा बनाइएको नक्कली जुनार र उहाँको पार्टी नेकपा एमालेमा कुनै फरक नभएको बताउनुभयो ।

उहाँले नेकपा एमालेमा लामो संघर्ष गरेका एउटा आस्था र बिचारको नेतृत्व गरेका एकपा एमाले भित्रका सक्कली नेता कार्यकर्ता गठबन्धन दल संगै रहेको र एउटा केपि ओलि प्राइभेट कम्पनीका शेयर सदस्य मात्रै नेकपा एमालेको नाममा रहेकोले गठबन्धन दलसंग कुनै कम्पनीको प्रतिस्पर्धा नहुने दाबी गर्नुभयो ।

कमलामाइ नगरपालिका अघि पुर्वमेयर खत्रीले आफू मेयर हुँदा १० लाख लगानीमा नक्कली जुनारको स्तम्भ बनाएका थिए जुन सिन्धुलीबासी तथा बाह्य पर्यटकले अस्वभाबिक मान्दै आएका छन ।

सोही कार्यक्रममा गठबन्धन दलबाटै सिन्धुली क्षेत्र नम्बर – २ प्रदेश (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका क्षेत्रबहादुर बम्जनले नेकपा एमाले स्पस्ट बहुमत सहित सरकारमा हुँदापनि सरकार नचलाउने र प्रतिपक्षमा रहदा पनि संसद भंग गर्ने एमालेको प्रवृत्तिलाई बादरले आफ्नो घरपनी नबनाउने अरुको घरपनी बन्न नदिनेको संज्ञा दिनुभएको छ ।

उहाँले एमालेको प्रवृत्ति बादरको जस्तो भएको जिकिर गर्नुभयो । कार्यक्रमको खुल्ला छलफलमा उपस्थितले एमालेको प्रवृत्तिप्रती चरम असन्तुष्ट समेत जनाएका छन ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ०३:३७

प्रतिक्रिया दिनुहोस्