सिन्धुली – नेपाली कांग्रेसका नेता एबम सयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेशसभा सदस्यका उम्मेदवार छेत्रबहादुर बम्जनले मतदाताको गुनासो र सुझाव लिन दुईवटा हटलाइन नम्बर सार्वजनिक गरेका छन् ।
उम्मेदवार बम्जनले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि हटलाइन नम्बर (९८२९९३४४०२ र ९८२९९३४५०१) सार्वजनिक गरेका हुन् ।
उम्मेदवार बम्जनले चुनावी घरदैलो कार्यक्रम अन्तरगत प्रत्येक मतदाताको घरमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उहाँहरुको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी दिनुभयो ।
‘हटलाइनबाट आएका गुनासो र सुझाव सिन्धुली क्षेत्र नं २ प्रदेशसभा (क) को विकासका लागि मार्गदर्शन बन्नेछ, घरदैलो कार्यक्रमको शिलसिलामा संकलित र उक्त हटलाइनमा संकलित गुनासो र सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्नेछु, बम्जनले भन्नुभयो ।
सार्वजनिक हटलाइन नम्बरमा फोन गरेर आफ्नो सामाजिक समस्या तथा सुझाबलाइ जुनसुकै बेला टिपाउन सकिने उहाको भनाइ छ ।