सिन्धुली –सिन्धुलीको प्रतिनिधि सभा अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ र उक्त निर्वाचन क्षेत्रको दुई प्रदेससभाको मतगणना सम्पन्न भएको छ । यस निर्वाचन क्षेत्र र प्रदेश दुबैमा सयुक्त लोकतान्त्रिक- बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन ।
प्रतिनिधिसभा तर्फ गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) भारी मतान्तरका साथ बिजयी बनेका छन । दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गरि बिजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाएर पराजय भोगेका छन ।
त्यस्तै यसै क्षेत्र नम्बर २ को १ मा नेकपा एमालेका बिनोदकुमार खड्कालाई ५ हजार २०३ मतान्तरले पछि पार्दै गठबन्धन तर्फका नेपाली काङ्ग्रेसका उम्मेदवार छेत्रबहादुर बम्जन विजयी बनेका छन । नेपाली कांग्रेसका छेत्र बहादुर बम्जनले १६ हजार ८३५ मत प्राप्त गरे भने नेकपा एमालेका बिनोदकुमार खड्काले ११ हजार ६३३ मतमा सिमित बने ।
सोहि क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गङ्गा नारायण श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २१२ मतान्तरले पछि पार्दै विजयी बनेका छन । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १३ हजार १ सय मत प्राप्त गरे भने नेकपा एमालेका पौडेलले ९ हजार ७८९ मत प्राप्त गरे ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । ३३ हजार ८ सय ७८ मत गणना हुँदा गठबन्धन दलबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका श्यामकुमार घिमिरे २६ सय १४ मतले अघि रहेका छन । घिमिरेले १६ हजार ७ सय ८३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका प्रदिप कुमार कटुवालले १४ हजार १ सय ६९ मत प्राप्त गरेका छन ।
उक्त क्षेत्र अन्तरगतका दुई प्रदेश सभाको समेत मतगणना भइरहेको छ । हालसम्मको मतपरिणाम अनुसार उक्त निर्वाचन क्षेत्र र प्रदेशमा समेत बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन ।