आजको हाम्रो समाज र यहि समाज भित्रका मानिसहरू जतिसुकै शिक्षित प्रगतिशील भएता पनी झन् आजकै समुदायमा दिनप्रतिदिन अनेकौ थरीका अपराधहरुले जरा गाड्दै गईरहेको छर्लङ्ग उदाहरणहरु हाम्रै अगाडि भइरहेको हामी सबैलाई थाहा छ ।
समयले यौटा अनौठो कोल्टो फेरेर आज यो सताब्दिमा आईरहदा अचम्म लाग्छ हाम्रो देश, समाज र यहाँका मानिसहरु आखिर कता जादैछौ हामी ?
दिनप्रतीदिन हिसां, अपराधका घटनाले हामी र हाम्रो समाज दलदलमा गाडिदै गइरहेको छौं । झनै आजको अबस्था लाई हेर्ने हो भने त हाम्रो समाजमा यति धेरै अपराधजन्य हिंसाहरु बडिरहेको छ कि त्यसमा पनी महिला हिंसा बड्दो अवस्थामा छ ।
हामी हाम्रै घर, समुदायमा र हाम्रै बाटो/टोलहरुमा पनि स्वतन्त्र हिड्न पाउने अवस्था छैन् । कतिबेला के हुन्छ र कसैले केहि गर्ने होकि भन्ने दिनरात यौटै त्रास मनमा लियर हिड्नुपर्ने बाध्यता छ ।
के यहि होत हाम्रो दिनप्रतिदिनको परिबर्तित, शिक्षित समाजको उपलब्धि ? आज यौटी छोरी आफ्नै घर परिवारबाट सुरक्षित छैन । जता फर्क जुनसुकै परिबेसमा हेर हिंसा नै हिंसा, अपराध, दुराचार महिला त्यसमा पनि अपाङ्गता भएका महिला मात यस्ता हिंसाजन्य अपराध झनै जटिल रुपमा रहेकोे पाईन्छ ।
अपाङ्ग भएकै कारण उनिहरुलाई अपहेलना गर्नु, अपशब्द बोल्नु सहयोग गर्ने हेतुले अस्लिल अंगहरुमा छुनु उनिहरुका हक, अधिकार प्रर्ती वकालत नगर्नु यस्ता कति समस्यामा उल्झिनु परिरहेको अबस्था छ । बिशेषत बिकट गाउँ बस्ती दुरदराजमा भएका अपाङ्गहरुमा यस्ता कयौं समस्यामा होमिएको हामिले धेरै भेट्ने गरेका छौं ।
तर, आजको दिनलाई हेर्ने हो भने गाउँगाउँमा मात्र नभई अझ् सहरी क्षेत्रमा पनि यस्ता समस्या यकदमै बड्दो रूपमा पाइएको छ । अपाङ्गता भएका महिला त्यसमा पनी दृष्टिबिहिन, बहिरा, बौद्धिक अपाङ्गहरुमा यौनजन्य र अन्य हिंसाको झन् बिकराल रुप छ ।
यस्ता कयौं घटना भैरहेको छ उनिहरुले आफु प्रती भएका घटनाको नत बिरोध नै गर्न सक्छन् नत आवाज नै उठाउन सक्छन । आफु प्रति भएको दुर्व्यवहारको प्रतिकार कसरी र कहाँ गर्नु ? ति आवाजबिहिनका आवाज र दृस्टिबिहिनका दृश्य बनिदिने सुनिदिने खै को ? आफ्ना समस्यालाई भित्रै दवाई टुलुटुलु हेरेर बस्न सिवाय खै उपाय ?
आफु भित्र घटेको घटना सुनाएपनी यहाँ कसले बोलिदिने कसलाई फुर्सद अपाङ्गता मानिसका समस्यालाई उठान गर्न र समाधान गर्ने ? समस्यालाई केलाउने बल्लतल्ल साहस हिम्मत गरेर यस्ता समस्याको भत्सर्ना गर्नुपर्छ भनेर आवाज उठायो भने पनि आवाज सुनिदिने चाहिँ कसले ?
अपाङ्गता मानिस यो देश समाजका नागरिक हैन र ? यदि हुन भने उनिहरुलाई न्याय खोइ त उनिहरुको समस्या सुनिदिने वकालत गर्ने खै कसले ? सकेसम्म घटना भित्र भित्रै दबायो नत्र जो-सुकै होस अपाङ्गलाई केको न्याय यिनिहरुले के नै गर्छन र यहाँ मानिसको सोच यति सम्म आएर रहेको पाईन्छ कि अपाङ्गता भएका मानिस यो देशका नागरिक नै होईनन् उनिहरुलाई पनि आम नागरिकलाई झै बाच्न पाउने र अन्य कार्यमा सहभागी हुन पाउने हक-अधिकार उही सुनिस्चित भएको होइन र ?
यस्तै सोचाईले गर्दा नै आज समाज अनि तपाई हामी आफै झन् गुमनाम हुँदैछौं । म आफु पनि शारीरिक रुपमा अपाङ्गता भएको महिला हु । र मैले पनि अपाङ्गता भएकै कारण एस्ता कयौं घटनाको सामना गर्नु परेको छ । शारीरिक रुपमा केहि कठिनाई भएको कारण नै यो समाजका मानिसले हेर्ने दृस्टिकोण नै फरक छ । अपशब्द बोल्ने, यिनिहरुले के गर्न सक्छन र ? भन्ने मानसिकता राखेर बिचरा परिवार आफ्न्त, समाजमा बोझ् बाचेको कुनै अर्थ नै छैन । पुर्ब जन्मको श्राप अनि पाप भोग्नुपरेको जस्ता यस्ता कयौं कुराहरु हामिले सुन्दै आईरहेका छौं ।
अझ शारीरिक कठिनाई भएको देखेरै कतिपय मानिसहरू त सहयोग गर्ने बहानाले नजिक हुने र छुन खोज्ने लोभ लालच र प्रलोभन देखाउने जस्ता क्रियाकलाप पनि झेल्नु नपरेको कहाँ होर ? सडक, सवारी यस्ता जुनसुकै ठाउँमा पनि यि समस्या बिछिप्टै भेटिन्छन् । शरिरको कुनै अंगले पो काम नगरेको होत अरु सबै अंग सक्रिय रहेकाछन् अरु सरह हामिलेपनी सामाजिक र अन्य कार्यमा सहभागी हुन सक्छौ र अरु सरह सबै कार्य गर्न पनि सक्छौ ।
कोहिपनी मानिस कुनै कुरामा पुर्ण हुदैन हर कोहिमा केहि न केहि क्षमता अवस्य पनि हुन्छ । शारीरिक रुपमा सवल भएका मानिस सरह अपाङ्गता भएका मानिसले पनि यो समाजमा उदाहरणिय कार्य गरेको हाम्रो अगाडि कयौ उदाहरणहरु छर्लङ्ग रहेका पनि छन् । अपाङ्गता नत पुर्ब जन्मको श्राप हो नत पाप हो । यो त बस् यौटा अबस्था मात्र हो जो हरकोहिमा आउन सक्छ आज तपाईमा छ भोली म मा हुनसक्छ आज म मा छ भोली अरु कोहिमा हुनसक्छ । दिनप्रतिदिन यसरी हिंसा जन्य कार्य बड्दै गइरहदा भोली यो समाजले कस्तो रुप लिने हो हामी यसरि नै त्रासजन्य जिबन कहिले सम्म बाच्ने हो ?
यस्ता किसिमका हिंसा त बड्दो क्रममा रहेको पाईएको छ तरपनी हामिले यस्ता खालका हंसा जन्य क्रियाकलाप रोक्नको लागी आफुले पनी केहि गर्न सक्छौ भन्ने धारणा बिकास गर्नु आवस्यक छ । आखिर कतिदिन सम्म अर्काको मुख ताक्ने ? साहारामा बाच्ने ?
जब हामिले आफुबाट परिवर्तन गर्न सुरु गर्छौ तब मात्र परिवर्तन सम्भब हुन्छ । त्यसैले सोच बदलौ हर कोहिलाई सम्मान गरौं र आफु पनि सम्मानित बनौं ।
“समावेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक बिश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मुल नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२२ को सम्पुर्णमा शुभकामना ।
अध्यक्ष : दिपा देबकोटा
सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुली