कक्षा छोडेर अङ्ग्रेजी सर, आमा समुहको बैठकमा


सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका – ५ स्थित नयाँखर्क माध्यामिक बिद्यालयका शिक्षक कृष्ण कुमार थापाको बिधालय भन्दा बढी समय संगठनको काम र बैठकमा बित्ने गरेको छ ।

शुक्रबार बिधालय समयमै बिधालय पुगेका थापा सर हतार-हतार हाजिरी गरेर बिधालयबाट बाहिरिए । उनको हतारो किन यति धेरै रहेछ भनेर बुझ्दा उनलाई गाउँको आमा समुहको बैठकमा पुग्नुपर्ने हतारो रहेछ ।

स्कुलबाट पाँच सय मिटर नजिकै चौतारामा आमा समुहको बैठक शुक्रबार जारी थियो । उनी हस्र्याङ फस्र्याङ गर्दै तुरुन्त बिधालयमा हाजिरी गरेर बैठक स्थल पुगे । उनले पढाउने पहिलो कक्षा १० बजेर ३० मिनेट देखि ४५ मिनेट कक्षा १२ मा अङ्ग्रेजी बिषय भएको उक्त बिधालयका प्रधानाध्यापक लेखबहादुर बस्नेतले बताए ।

बिधालयका प्रधानाध्यापक बस्नेतलाइ पहिलो कक्षाको सर पढाउने समयमा कक्षामा हुनुहुन्न्न नि ? भनेर बुझ्दा उहाँले कृष्ण सरको कक्षा हो उहाँ हाजिरी गरेर एउटा इमर्जेन्सी बैठक छ गएर आइहाल्छु भनेर उहाँ निस्किनु भयो प्रधानाध्यापक बस्नेतले भन्नुभयो ।

उक्त कक्षाका एक बिद्यार्थीलाई कृष्ण सर बिधालय आउनुभएको नै थाहा रहेनछ । उनले भने, ‘खै सर त आउनु भएको छैन । सर, प्राय कक्षामा आउनु नै हुन्न उक्त बिद्यार्थीले भने ।’ स्थानियको भनाइ अनुसार स्थानिय शिक्षक भनेर स्कुलमा राख्यो स्कुलमा भन्दा घरखेत, बैठकमा बढी समय बिताउछन ।

बिधालयको शिक्षक त्यसमा पनि अङ्ग्रेजी बिषयको सर कक्षा नै छोडेर आमा समुहको बैठकमा सहभागी हुन जानु हास्यास्पद बिषय मात्रै नभएर सज्जास्पद बिषय भएको स्थानियको भनाइ छ ।

विधालय समयमा खबरदारी गर्न सके र सम्बन्धीत निकायको ध्यानाकर्षण भएर यस्ता शिक्षकलाई कारबाही गर्न सके मात्रै यस्तो प्रवृत्तिको न्यूनीकरण हुन सक्ने स्थानिय बताउछन ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०८:१३

प्रतिक्रिया दिनुहोस्