सिन्धुलीका १२ बस्ती स्थानान्तरणको गति सुस्त

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् । 

गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ बस्ती स्थानान्तरण गर्न सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् । 

गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो । 

भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि १२ बस्तीका ८ घर मात्र स्थानान्तरण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ, स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीका प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए । 

विज्ञको टोलीले १२ बस्तीका ८ सय ७ घरधरीलाई अन्यन्त्रै स्थानान्तरण गर्न सुझाव दिएको थियो । साविक भीमेश्वर गाविसमा रहेको कोलखोलाको ८ घरधुरीलाई मात्रै अन्यत्र स्थानान्तरण गरिएको विष्टले बताए । 

त्यहाँका अनुसार पुरानो बस्ती छोडी अन्यत्र सर्न चाहने प्रतिपरिवारलाई २ लाख रुपैयाँको दरले अनुदान व्यवस्थापन गरिएको छ । 

टोलीले कमलामाई नगरपालिका—९ मा रहेको भिमानदेखि बथानचौडीसम्मको बसोबास रहेको क्षेत्रका जग्गा ऐलानी भएपनि त्यहाँका जमिनको चलनचल्तीको मूल्य महङ्गो भएकाले यहाँका मानिसहरू अन्यत्र सर्न नचाहेको कमलामाई नगरपालिकाले जनाएको छ ।

टोलीले सार्न सिफारिस गरेका दुधौली नगरपालिकाको झुगा, कालापानी क्षेत्रका अधिकांश बस्ती निर्माणाधीन हेटौँडा–चतारा सडक खण्डमा पर्दछन् । 

यसैगरी मरिण गाउँपालिकाको धमिले क्षेत्र गाउँपालिकाकै ठूलो बजार क्षेत्र हो । सहानलगायतको क्षेत्रमा पनि ठूलो बस्ती रहेको र त्यहाँको जमिनको मूल्य पनि महङ्गो रहेकाले त्यहाँका मानिसहरू अन्यत्र सर्न नचाहेको गाउँपालिकाले जनाएको छ । 

राज्यले दिने २ लाख रुपैयाँको कयौँ गुणा बढी मूल्य त्यहाँको जमिनको रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १४:५५

प्रतिक्रिया दिनुहोस्