कमलामाइका विद्यार्थीहरुलाइ अब यूटुवबाट पढाइ

सिन्धुली–शिक्षण विधिलाइ प्रविधि मैत्री बनाउन कमलामाई नगरपालिकाले यूटुवको शुरुवात गरेको छ । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले उपकरण सहयोग गरेपछि शिक्षकहरुलाइ तालिम दिएर शिक्षण विधिलाइ यूटुवको माध्यमबाट पठनपाठनको थालनी गरेको हो ।

शिक्षण बिधिलाइ प्रविधिमैत्री बनाउन यूटुवको माध्यम सहयोगी हुने कमलामाइ नगरपालिकाले विश्वास गरेको छ । नगरपालिकाको शिक्षा शाखामा अत्याधुनिक स्टुडियो तयार गरेर विज्ञान, गणीत र अंग्रेजी विषयको पढाइलाइ रेकर्ड गरि विद्यालय तथा घरमै बसेर यूटुवको माध्यमबाट विद्यार्थीहरुले अध्ययन गर्न सक्ने कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र पोखरेलले जानकारी दिए ।

छिन्चु विश्वविद्यालयका प्राडा योङ कि होङको नेतृत्वको टोलीले स्टुडियोको लागि ३६ लाख बराबरको भिडियो रेकर्डर, ल्यापटप, लाइट सिस्टम, सफ्टवेयर, दृश्यसम्पादन, स्टोरेज मेमोरी लगाएतका सामाग्री उपलव्ध गराएका छन् ।

गुणस्तरिय शिक्षाका लागि शिक्षण सिकाइ बिधिलाइ प्राविधि मैत्री बनाउन यूटुव स्टुडियोको सामाग्री सहयोग गरेको प्राडा योङ कि होङले बताए । दक्षिण कोरियाको शिक्षण सिकाइ बिधिलाइ कमलामाइका विद्यालयमा भित्राउने र यहाको उत्कृष्ट शिकाइलाइ आफ्नो देशमा प्रयोग गर्ने प्राडा होङको भनाइ थियो ।

दक्षिण कोरियाको एनएस डेविलका समुहका १४ जना विद्यार्थीहरु शिक्षण सिकाइका लागि कमलामाइ आएका छन् । यूटुवको माध्यमबाट विद्यालयमा पठनपाठन गराउन पहिलो चरणमा कमला, गौमती र सिद्धबाबा माविका ९ जना शिक्षकहरुलाइ तीन दिनको तालिम प्रदान गरिने कमलामाइका नगरप्रमुख पोखरेलले जानकारी दिए ।

सामुदायिक मात्र नभएर निजी विद्यालयलाइ समेत प्रविधि मैत्री शिक्षण शिकाइमा समावेश गरिने उहाको भनाइ छ ।प्रोजेक्टरका माध्यमबाट यूटुवमा रहेको शिक्षण सिकाइलाइ विद्यार्थीमाझ लैजान सकिने एनएस डेविलका प्रवन्धक किम जोन हुङले जनाए ।

छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री समेत बितरण गरेका छन् । यूटुव स्टुडियो संचालनमा आएसगै शिक्षकलाइ भर्चुअल माध्यमबाट तालिम प्रदान र नगरका कुराहरु विद्यार्थीमाझ प्रत्यक्ष प्रशारण गर्न समेत सकिने भएको छ ।

विषयगत शिक्षक नहुदा समेत अन्य सहकर्मी अथवा विद्यार्थी मनिटरले यूटुवबाट कक्षा संचालन गर्न सक्ने कमलामाइ नगरपालिका शिक्षा स्रोत व्यक्ति डा. हरिप्रसाद पोखरेलले बताए । कमलामाइमा ८४ वटा सामुदायिक विद्यालयमा १४ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०४:१२

प्रतिक्रिया दिनुहोस्