सिद्धीलक्ष्मी डेरि उद्योगले लेकाली ब्राण्डका उत्पादन बजारमा ल्याउदै

सिन्धुली – सिद्धीलक्ष्मी डेरि उद्योग प्रा.लिले दुग्धजन्य पदार्थबाट निर्मित लेकाली ब्राण्डका उत्पादन बजारमा ल्याउने भएको छ । अबको केहि दिनमा सिन्धुली लगायत आसपासका बजारमा लेकाली ब्राण्डका उत्पादन सामाग्री पाइने उद्योगका संचालक बिबश थापाले बताए ।

लेकाली ब्राण्डमा दुग्धजन्य पदार्थबाट निर्मीत खुवा, ललिपप, बम्बैशन, पुष्टकारि, लस्सि लगायतका सामाग्री उत्पादनको तयारी भइरहेको संचालक थापाले बताए । साथै यस सामाग्री उत्पादन सङ्गै ग्राहकले बिपि हाइवेको मनोरम दृश्य अबलोकन गर्दै चिया कफि समेत पिउन सक्ने उहाँको भनाइ छ ।

गोलन्जोर गाउँपालिका – ५ को खनियाखर्कबाट २३ किलोमिटर अघि उक्त उद्योग संचालनको लागी हाल निर्माण कार्य चलिरहेको छ । १२ देखि १५ लाखको लागतमा उक्त उद्योग संचालन गर्न लागिएको हो ।

लेकाली ब्राण्डका समाग्री निर्माणका लागी शुरुवाती चरणमै एक हजार लि. दूध खरिद गर्नुपर्ने स्टमेट रहेको उद्योगले जनाएको छ । उत्पादन पश्चात् बजारको माग अनुसार आबस्यक दुधको मात्रा वृद्धि गर्ने उद्योगको लक्ष छ ।

स्थानिय स्तरमा दूध उत्पादनमा कमि भएको हुँदा खनियाखर्क लगायत आसपासका क्षेत्र सिन्धुलीमाढी, चपौली, नयाँखर्क, नाकाजोली, खुर्कोट, ग्वाल्टार क्षेत्रका किशान संग समन्वय भइरहेको संचालक थापाले जानकारी दिए ।

चिसो ठाउँ खासगरी महाभारत क्षेत्र (लेक) मा अबस्थित किशानले पालेका गाई भैसीबाट संकलित दुधबाट बनाइने सामाग्री भएकोले उद्योगबाट निर्मित सामाग्रीलाई लेकाली ब्राण्डको नाम दिइएको संचालकको भनाइ छ । उक्त ब्राण्डका सामाग्री बिक्रीबितरण आउदो माघ २० गते अघि नै शुरु गर्ने उद्योगले लक्ष लिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ०५:५२

प्रतिक्रिया दिनुहोस्