‘अंकपत्र’को समन्वयमा ३५ परिवारलाई खाद्यान्न सहयोग

सिन्धुली – कमलामाइ नगरपालिका – ४ का ३५ घरपरिवारलाई अंकपत्र मिडिया ग्रुप प्रा.लिको समन्वयमा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

फ्रेज्जी लाइट नन प्रोफिट अर्गनाइजेसन अस्ट्रिया (Frizzey Light Austria (non-profitable organization) का संचालक Mr. FRIZZEY GREIF को आर्थिक सहयोग तथा कमलामाइ नगरपालिका वडा नम्बर -४ संग अंकपत्रको समन्वयमा उक्त सामग्री बितरण गरिएको हो ।

वडा कार्यालयको उपलब्ध सिफारिसको आधारमा वडामा स्थायी बसोबास गर्ने न्यून आर्थिक अबस्था भएका तथा अपाङ्गता भएका ब्यक्ती, एकल महिला, शारिरिक तथा मानसिक अशक्त भएका ब्यक्तीलाई खाद्यान्न बितरण गरिएको अंकपत्र मिडिया ग्रुपका संचालक पुष्कर थापाले जानकारी दिए ।

प्रत्येक परिवारलाई एक बोरा चामल, दाल, नुन, तेल र स्वयाबिन लगायतको सामाग्री बितरण गरिएको हो । खाद्यान्न बितरण पछि सहयोगी संस्था लगायत समन्वयकारी भुमिकामा रहेको मिडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्दै कमलामाइ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले आगामी दिनहरुमा समेत परोपकारी सामाजिक  कार्यमा यस्तै पुनः साथ सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।

खाद्यान्न सहयोग पाउने स्थानियले समेत सहयोगी संस्थालाई धन्यवाद दिएका छन । यस्तै सामाजिक सहयोग गर्दै सहयोगी संस्थाको अनन्त काल सम्म बिश्वभर नाम रहिरहोस भन्ने उपस्थितिले शुभकामना समेत दिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार ००:३२

प्रतिक्रिया दिनुहोस्