युवा सजगता अभियान सिन्धुलिको संयोजकमा बस्नेत चयन

सिन्धुली । युवा जागरण (सजगता) अभियान सिन्धुलिको संयोजकमा शिक्षक लेखबहादुर बस्नेत चयन भएका छन ।

संस्थाको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि अभियानका केन्द्रीय अध्यक्ष चिन्तन पौडेलले अहिलेको महामारीको अबस्थालाइ मध्यनजर गरेर एक बिज्ञप्तिमार्फत बस्नेतलाइ जिल्लाको संयोजक तोकिएको बताए ।

शिक्षक बस्नेतलाइ मंगलबार जिल्लाको संयोजकमा नियुक्ती गरिएको हो । केन्द्रीय अध्यक्ष पौडेलका अनुसार युवा जागरण ( सजगता ) अभियान एउटा सामाजिक अभियान हो ।

युवामा राजनीति प्रतिको बितृष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, शिपमुलक तालिम र व्यवसायिक दक्ष जनशक्ति निर्माण गरि उद्यमशील बनाउने संस्थाको लक्ष रहेको पौडेलले बताए ।

पौडेलले भने, ‘सजगता अभियान पार्टीको मान्यता प्राप्त भातृ निकाय हैन । यो नाफामुलक संस्था पनि हैन र आजको दिनसम्म कुनै सरकारी वा गैरसरकारी संस्थाको लगानी पनि छैन ।

यो Volunteer Based Organisation हो । आबद्द हामि साथीहरुकै आपसी Contribution ले गाउँ गाउँमा हामि पुग्न सकेका हौ ।’

खासगरी अग्रजहरुको सहयोग र सल्लाहमा देशभर युवा जगतमा रक्त संचार गर्ने हेतुले यो अभियान थालिएको हो भने बौद्धिक स्तरमा नितिगत छलफल गरि नेपालमा उपयुक्त नीति र कानुन लागू गर्न प्रेरित गर्ने अभियानको अर्को उद्देश्य हो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १९:४२

प्रतिक्रिया दिनुहोस्