स्व.कोईरालाको सातौं स्मृति सिन्धुलीमा दिप प्रज्वलन गरि मनाइयो

सिन्धुली – नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको सातौं स्मृति दिवस आज देशैभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा स्व. कोईरालाको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरि सिन्धुलीमा स्मृतिसभा आयोजना गरिएको हो ।

कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए । उनी प्रधानमन्त्री भएकै बेला कोइरालाकै नेतृत्वमा ०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएको थियो । अनेक असहज परिस्थीतिहरुका बिच देशलाई नयाँ संविधान दिन उनले खेलेको भूमिकाका कारण कोइरालालाई बर्तमान संविधानका पिताको रुपमा समेत स्मरण गर्ने गरिन्छ । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।

देश र लोकतन्त्रका खातिर उनले पुर्ण निष्ठाका साथ जिबन समर्पण गरेको इतिहास पछिल्लो पुस्ताका लागी समेत प्रेरणादायक रहिरहने स्मृति सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले जनाए । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो ।

उनका ६ भाइ र एक बहिनी थिए ।  कोइरालाले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १५:२२

प्रतिक्रिया दिनुहोस्