ब्रदरहुड इभेन्ट्सको आयोजनामा फुड एण्ड म्युजिक फेस्टिबल हुने

सिन्धुली – महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ ।

महाशिबरात्रीको अबसरमा ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा महाशिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल -२०७९ आयोजना गरिने भएको छ ।

ब्रदरहुड इभेन्ट्सका अध्यक्ष अस्मिन थापा मगरले बिहिबार पत्रकार संगको अन्तकृया कार्यक्रममा आफुहरुले आयोजना गर्न लागिएको कार्यक्रमबारे बताएका हुन ।

महाशिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल -२०७९ यहि २०७९ फाल्गुन ६ देखि ९ गतेसम्म सिन्धुलीको खुल्लामंचमा आयोजना हुने उनले बताए ।

उक्त म्युजिक फेस्टिबलमा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उनले बताए । चर्चित र्‍यापर जि-बब, गायिका मेलिना राई, कमल खत्री, एकदेब लिम्बु, बिस्वदोङ तामाङ, योगेश मगर, हास्यब्यङ्ग कलाकार दिनेश काफ्ले लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने उनले बताए ।

साथै उक्त फुड एण्ड म्युजिक फेस्टिबलमा विभिन्न जातिका झाकी प्रदर्शन, विभिन्न खानेकुराका फुड स्टलहरु हुने र वारियर डान्स सेन्टर सिन्धुलीको बिशेष प्रस्तुती रहने समेत आयोजकले जनाएको छ ।

चार दिन सम्म आयोजना हुने म्युजिक फेस्टिबललाई करिब २० हजार दशकले प्रत्यक्ष अबलोकन गर्ने आयोजकले लक्ष राखेको छ । बिद्यार्थीको लागी रु. १०० र अन्यको लागी २०० प्रबेश शुल्क निर्धारण गरिएको जनाइएको छ ।

एकपटक प्रबेश गरिसकेपछी केही कामले बाहिर निस्किनुपरेर फेरि प्रबेश गर्न त्यही दिनको लागी पुनः शुल्क तिर्नु नपर्ने गरि ब्यबस्था मिलाइएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०३:०३

प्रतिक्रिया दिनुहोस्