२६० औं सेना दिवसको अबसरमा सास्कृतिक कार्यक्रम सम्पन्न

सिन्धुली – सिन्धुली स्थित श्री बर्दबहादुर गणले सेना दिवस मनाएको छ ।  नेपाली सेना गठन गरेको २६० औं बार्षिक उत्सवको उपलक्ष्यमा महाशिवरात्रीका दिन सेना दिवस मनाएको हो ।

सेना दिवसको अबसरमा बर्दबहादुर गणले विभिन्न जातजातिका नृत्य सहितको सास्कृतिक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।

नेपाली सेनाका सहायक रथी तथा श्री ९ नम्बर बाहिनीका बाहिनिपती शक्तीजंग बस्नेतले दिप प्रज्वलन गरि सास्कृतिक कार्यक्रमको उद्घाटन गरेका हुन भने बर्दबहादुर गणका गणपती तथा प्रमुख सेनानी रमेश थापा, कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न जातजातिका सेलो, मारुनी, टप्पा, कौडा, नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ०६:४१

प्रतिक्रिया दिनुहोस्