सिन्धुलिका सबै स्थानिय तहको वेबसाईटमा छैन कोरोना बिबरण

सिन्धुली । बिश्वमै महामारिको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण सम्बन्धी तथ्यांक र सूचना सिन्धुलिका अधिकांश स्थानीय सरकारले आफ्नो वेबसाइटमा राखेको पाइदैन ।

दुई नगरपालिका र ७ गाउँपालिकाको वेबसाइट हेर्दा कुनै कुनै वेबसाइटमा स्थानिय निकायको सुचना अथवा बक्तब्य राखिएको भेटिएपनी आफ्नो स्थानिय निकायको क्षेत्राधिकार भित्र कोरोना संक्रमणको अबस्था, सजगता र मानबिय अबस्था बारे सबै स्थानिय निकाय अन्तर्गतका वेबसाईटहरु प्राय बेखबर छन ।

दुधौली नगरपालिकाको वेवसाइटमा कोभिड -१९ विवरण भनेर छुट्टै बिषय शिर्षक देख्न सकिन्छ । तर, त्यो शिर्षक हेर्दा भित्र खाली छ केही बिबरण राखिएको छैन । नगरबासीलाई चाहिने दैनिक कोरोना अपडेटको शिर्षक त भेटिन्छन तर बिबरण भेटिँदैनन ।

यधपी, दुधौली नगरपालिका मात्रै नभएर जिल्लाका प्राय स्थानिय निकायले वेबसाइटमा बिबरण नराखेपनी स्थानिय निकायका सुचना तथा जानकारी संस्थाको फेसबुक पेजमा भने राख्ने गरेका छन ।

कोरोना संक्रमणको अर्को हटस्पट कमलामाइ नगरपालिकाको वेबसाइट पनि उस्तै छ । सुचना तथा जानकारी भन्ने बिषय शिर्षक उक्त वेबसाइटमा राखिएको छ । नगरपालिकाको सबै सुचना तथा जानकारी उक्त शिर्षकमा भेट्न त सकिन्छ तर कोभिड -१९ को बिबरण उल्लेख हुने कुनै शिर्षक वेबसाईटमा राखिएको छैन ।

नगरपालिका भित्र कति कोरोना संक्रमीत छन, कति ठिक भए कतिको अबस्था जटिल छ ? आइसोलेसन भवन नगरपालिका क्षेत्रभित्रै निर्माणाधिन अबस्थामा छ । भवन निर्माणमा कमलामाइ नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । यसको प्रगती के छ ? करेन्टिनमा कति जिल्लाबासी बसिरहेका छन ? यस्ता अनेकौं प्रश्नहरुको जवाफ नगरपालिकाको वेबसाइटमा भेटिदैन ।

नगर तथा पालिका सबै स्थानिय निकायमा कोरोना रोकथाम तथा आरडिटि परिक्षणका लागि खर्च बिबरण देखाइएको छ । तर, कुनै स्थानिय सरकारले आफ्नो मातहतका पालिका तथा नगरमा कति आरडिटि तथा पिसिआर परिक्षण भए भन्ने तथ्यांक समेत आफ्नो वेबसाइटमा राख्न भ्याएका छैनन ।

एक गाउँपालिकाका सुचना अधिकारीलाई सोध्दा आफु होम क्वारेन्टाइनमा भएको र सुचना गाउँपालिकाको कार्यालयमा राखिएको कम्पुटरमा भएको तर, आफुलाइ विवरण थाहा नभएको बताए ।

वडा अध्यक्ष समेत रहेकासंग वडामा कोरोना सम्बन्धी सूचना र जानकारी अपडेट गर्ने प्रक्रियाबारे सोध्दा ‘मिडियामा आउँछ, कतिपय वडाको आफ्नो वेबसाइट छ’ भने तर, वेबसाइटमा के छ भन्ने प्रश्नमा उनले सबैलाई अनिवार्य नगरिएको र सूचनाहरू जारी गरेर जानकारी दिने गरेको बताए । 

गोलन्जोर गाउँपालिकाको फेसबुक पेजमा तथ्यांक भन्दा पनि पालिकाको सूचना मात्रै राखिएको छ । यद्यपि वेबसाइटमा कोभिड -१९ सम्बन्धि सम्पूर्ण बिबरण नराखिएपनी पालिकाबाट सम्पादित सुचना तथा जानकारिहरु वेबसाईटमा राखिएको छ ।

जिल्लाको कमलामाइ र दुधौली नगरपालिका त्यस्तै हरिहरपुरगढी, मरिण, तिनपाटन, फिक्कल, सुनकोसी, घ्याङ्लेख र गोलन्जोर गाउँपालिकाको वेबसाईटमा कोभिड -१९ का पालिका स्तरिय सुचना बाहेकका कुनै पनि विवरणहरु उल्लेख गरिएको पाइदैन ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:१०

प्रतिक्रिया दिनुहोस्