सिन्धुली अस्पतालमै पहिलोपटक पत्थरीको सफल सल्यक्रिया


सिन्धुली–पाँचसय जनाको स्वास्थ्य परिक्षण पश्चात मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बुधबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । साता अघिदेखि चलेको स्थास्थ्य परिक्षणको वागमती प्रदेस सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बुधबार उद्घाटन गरेका हुन् ।

नसर्ने रोगलाइ प्राथमिकतामा राखेर ३० वर्ष माथिका सबैको परिक्षण हुने कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले नसर्ने रोग कतिलाइ रहेछ भनेर आकडा निकाल्नका लागि सबैको परिक्षण जरुरी रहेको बताए । प्रतिव्यक्ती दुइहजार दुइसय बराबर निःशुल्क परिक्षण हुने उनले बताए । सर्बसुलभ, गुणस्तरिय र मितव्ययी भएर काम गर्न स्वास्थ्य मन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीहरुलाइ सुझाएका छन ।

यो तत्काल रोग पत्ता लगाएर उपचार गर्ने र विपन्नको पहुँचमा स्वास्थ्य सेवा पुग्ने गरि काम गर्नका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ल्याइएको जनाउदै मन्त्री श्रेष्ठले भने, ‘मन्त्रालयमा निःशुल्क बितरण हुने औषधि पर्याप्त भएकाले उपचारमा कमी हुनु हुँदैन ।

मन्त्रालयका सचिव बद्रिबहादुर खड्काले ७१ प्रतिशत विरामीको मृत्यु नसर्ने रोगका कारण हुने भएकाले यो साइलेन्ट किलरका रुपमा फैलिएको बताए । सबै स्थानीयतहमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको उनले खुलाए । यसैबीच सिन्धुली अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको सफल सल्यक्रिया गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. उमेश प्रधानका अनुसार प्रदेस सरकारले एककरोड २० लाख खर्चेर ल्यापरोस्कोपी मेशिन पठाएपछि बुधबार नै एक महिलाको सफल शल्यक्रिया भएको हो । स्वास्थ्य बिमाबाट २७ हजारमा शल्यक्रिया भएको थियो । डा. प्रधानको नेतृत्वमा, डा. विनय चौधरी, डा. लिलामनी राजथला र एनेसथेसिया सजिना सिलवालको टोलीले मेशिनका माध्यमबाट पित्तथैली सहित पत्थरी निकालेका थिए ।

ल्पापरोस्कोपी सेवाको पनि सोही समारोहका बिच मन्त्री श्रेष्ठले सुभारम्भ गरेका हुन । जनशक्तिको अभावमा भिडियो एक्सरे सेवा दुइ महिना अघिदेखि सिन्धुली अस्पतालमा बन्द रहेकाले तत्काल व्यवस्थापन गरिदिन मन्त्री श्रेष्ठलाइ कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले आग्रह गरेका छन ।

अत्याधुनिक अस्पताल भवन निर्माणाधिन रहेको अबस्थामा पनि जिल्ला अस्पतालबाट डाइलासिस सेवा ल्याप्रोस्कोपी सेवा लगायत महत्वपुर्ण सेवा शुभारम्भ गरिएकोले यसलाइ थप ब्यबस्थित बनाउन नगरपालिकाले सकारात्मक भुमिका खेलेको र प्रदेश सरकारको पनि सहयोग अपरिहार्य रहेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०२:०९

प्रतिक्रिया दिनुहोस्