गोलन्जोर -६ का समुदायलाई गाउँघर क्लिनिक भवन हस्तान्तरण

सिन्धुली । मातृ तथा बाल स्वास्थ्य र पोषण परियोजना अन्तर्गत गाउँघर क्लिनिक प्रयोजनको लागि निर्माण भएको भवन गोलन्जोर गाउँपालिका -६ बाशेस्वरका समुदायलाइ बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

वर्ल्डभिजन ईन्टरनेशनल नेपाल र ग्रामिण महिला चेतना केन्द्र सिन्धुलिको आर्थिक तथा प्राबिधिक सहयोग र गोलन्जोर गाउँपालिका सङ्गको समन्वयमा निर्मित दुईकोठे गाउँघर क्लिनिक भवन गाउँपालिकाकी उपाध्यक्ष गङ्गादेबी श्रेष्ठको प्रमुख उपस्थितिमा समुदायलाई हस्तान्तरण गरिएको हो ।

१२ लाख ५५ हजार पाँच सय ७५ रुपैयाँ कुल लागत तथा स्थानिय मानबहादुर हायुद्वारा भवनको लागि आबस्यक जग्गा निशुल्क उपलब्ध भए पश्चात् भवन निर्माणको कार्य सम्पन्न भएको हो ।

२०७६ माघ १५ गतेबाट निर्माण कार्य शुरु भएको भवनको ०७७ असार २५ गते निर्माण कार्य सम्पन्न भएको हो ।

भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष श्रेष्ठले स्वस्थ्य सेवा जनताको मौलिक हक भएकाले भवन निर्माणबाट जनतालाई व्यवस्थितरुपमा सेवा उपलब्ध गराउन सहज हुने बिश्वास ब्यक्त गरिन ।

कार्यक्रममा उपस्थित गोलन्जोर गाउँपालिका वडा नम्बर -६ अध्यक्ष पुर्षोत्तम श्रेष्ठले गाउँघर क्लिनिकबाट जनतालाई गाउँमै स्वास्थ्य सेवा मिल्न सहज हुने उल्लेख गरे ।

विशेषगरी वालवालिका, महिला, बृद्धबृद्धालाई स्वास्थ्य सेवाको पहुँचमा थप बृद्धि हुनेमा आफू र आफ्नो पार्टी बिश्वस्थ रहेको नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका सभापती मोतिराज सापकोटाले उक्त कार्यक्रममा बताए ।

भवन हस्तान्तरण कार्यक्रममा गोलन्जोर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले गाउँका जनतालाई स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले भवन निर्माण गरिदिने निकायलाई धन्यवाद समेत ज्ञापन ब्यक्त गरे ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार २३:५६

प्रतिक्रिया दिनुहोस्