आधारभुत शिक्षा परिक्षाको कमलामाइ नगरपालिकाबाट अनुगमन

सिन्धुली – कमलामाइ नगरपालिकाले आज देखि शुरु भएको आधारभुत शिक्षा (कक्षा आठ) उतिर्ण परिक्षाको अनुगमन गरेको छ । नगरभित्रका निजि तथा सामुदायिक बिद्यालयमा नगरपालिकाले अनुगमन गरेको हो ।

कमलामाइ नगरपालिका भित्र कुल ५२ निजि तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थी आधारभुत शिक्षा परिक्षामा सहभागी छन । ५२ बिद्यालयका कुल एक हजार ५ सय ५६ बिद्यार्थी परिक्षामा सरिक रहेका अनुगमनको क्रममा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताए ।

जसमध्ये १८ निजि बिद्यालयका ५ सय २३ र ३४ सामुदायिक बिद्यालयका १ हजार ३३ बिद्यार्थी परिक्षामा सरिक छन । नगरका बिद्यालयमा अनुगमन गर्दै नगरप्रमुख पोखरेलले परीक्षा शान्त पुर्वक संचालन भएको र यसलाई थप ब्यबस्थित गराउन बिद्यालयका प्रधानाध्यापक तथा संचालक संग समन्वय भएको जनाए ।

परिक्षालाई थप मर्यादित र ब्यबस्थित बनाउन नगरपालिकाले शिक्षा शाखा तथा नगरभित्रका बिद्यालयका प्रधानाध्यापक संग समन्वय भइरहेको नगरप्रमुख पोखरेलले बताए । आज बाट संचालक भएको आधारभुत शिक्षा परीक्षा आउदो १३ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १३:३८

प्रतिक्रिया दिनुहोस्