पब्लिक क्याम्पस संघ सिन्धुलीको संयोजकमा पोखरेल निर्वाचित

सिन्धुली – नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ ।

आइतबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले पोखरेलको संयोजकत्वमा एघार सदस्यीय समिती सर्वसम्मत गठन गरिएको हो । नव निर्वाचित अध्यक्ष पोखरेल सिन्धुली बहुमुखी क्याम्पस तथा कमला बहुमुखी क्याम्पस ढुंग्रेबासका ब्यबस्थापन समितीका अध्यक्ष हुन ।

समितिको उप-संयोजकमा सरस्वती बहुमुखी क्याम्पस डकाहाका मनिस्वर काफ्ले, सचिवमा भिमज्योती क्याम्पस खुर्कोटका यज्ञबहादुर राइ, सहसचिवमा शिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटारका रामचन्द्र दाहाल र कोषाध्यक्षमा मरिण बहुमुखी क्याम्पस मरिणका खेमहरी बराल सर्वसम्मत निर्वाचित भएका छन ।

त्यस्तै समितीको सदस्यमा त्रिपुरेश्वर शिक्षा क्याम्पसका टंकनाथ अधिकारी, कमला बहुमुखी क्याम्पसका जिबनहरी आचार्य, लाम्पान्टार बहुमुखी क्याम्पसका तारानाथ कोईराला, तिनपाटन बहुमुखी क्याम्पस भिमस्थानका धनबहादुर थापा, सुनकोशी क्याम्पस रातमाटाका कृष्णराज आचार्य र गौमती बहुमुखी क्याम्पसका रेवत दाहाल निर्वाचित भएका हुन ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १३:३४

प्रतिक्रिया दिनुहोस्