साबिक रानिचुरिका तीन वडामा विद्युत बिस्तार

सिन्धुली । एशियाली विकास बैंक (एडिबी) को आर्थिक तथा प्राबिधिक सहयोगमा कमलामाइ नगरपालिकाको वडा नम्बर -११ का करिब ४०० घरधुरी विद्युतसेवा बाट लाभान्वित हुने भएका छन ।

साबिकको रानिचुरी १,२ र ३ वडा अन्तर्गतका भिरगाउँ, खड्कुले र सिरुडाडाका स्थानिय विद्युतसेवा बाट लाभान्वित हुने भएका हुन ।

एशियाली बिकास बैंकको सहयोगमा गएको ०७६ बैशाखबाट विद्युत सेवा बिस्तारको काम शुरु गरिएको हो । हालसम्ममा पोल गाड्ने, तार टाँग्ने, ट्रान्सर्फमर जडान गर्ने तथा लाइन चार्जगर्ने समेतको काम सम्पन्न भैसकेको एडिबीले जनाएको छ ।

घर-घरमा वाइरिङ्ग भैसकेको छ तर विद्युत प्राधिकरणबाट समयमा मिटर उपलब्ध नभएको कारण बत्ती बल्न समस्या भैरहेको स्थानिय रमेश कार्किले बताए । कार्किले भने – २/४ दिनसम्ममा प्राधिकरणले मिटर उपलब्ध गराइसक्ने खबर पाएका छौं अब छिट्टै वडा झलमल्ल हुनेछ ।

समुदायमा पहिलो पटक विद्युतसेवा उपलव्ध हुनेभएपछी स्थानियमा खुशियाली छाएको स्थानिय बताउछन ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार २०:१७

प्रतिक्रिया दिनुहोस्