स्थानिय तहले वेबसाईटमा कोभिड -१९ विवरण राख्न थाले

सिन्धुली । (कोभिड-१९) संक्रमण सम्बन्धी तथ्यांक र सूचना सिन्धुलिका अधिकांश स्थानीय सरकारले आफ्नो वेबसाइटमा नराराखेको समाचार अंकपत्रमा प्रकाशन पछि जिल्लाका सबै स्थानिय तहले कोभिड -१९ बिबरण आफ्नो वेबसाईटमा राख्न शुरु गरेका छन ।

कोभिड सम्बन्धी कार्यपालिकाबाट जारी गरिएका सुचनाहरु हामिले तत्काल वेबसाईट तथा फेसबुक पेजमा राख्ने गरेको भएपनी सम्पुर्ण विवरण हामिले राख्ने गरेको थिएनौं हामिले अब शुरु गरेका छौं गोलन्जोर गाउँपालिकाका सुचना तथा संचार प्रबिधि अधिकृत शुबिर कार्किले बताए ।

उनले भने अब गोलन्जोर गाउपालिकाको वेबसाईट www.golanjormun.gov.np/covid-19 मा गाउँपालिका भित्रको कोभिड -१९ सम्बन्धी सम्पुर्ण विवरण हेर्न र बुझ्न सकिने छ । उक्त विवरणबारे गाउँपालिकाले बिहीवार एक बिज्ञप्ति जारी गर्दै कोभिड -१९ बारे सम्पुर्ण विवरण जानकारी गराएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीद्वारा हस्ताक्षरित बिज्ञप्तिका अनुसार गोलन्जोर गाउँपालिकाले लकडाउन शुरु भएपछी आर्थिक अबस्था कमजोर भएका पालिका भित्रका २५७९ घरधुरिलाई राहत बितरण गरेको छ ।

गाउँपालिकाद्वारा निर्माण गरिएको कोभिड -१९ को सुरक्षित भवनमा १० ओटा क्वारेन्टाइन बेड निर्माण गरिएका छन । जसमा दुई पुरुष क्वारेन्टाइनमा रहेको उल्लेख छ ।

गाउँपालिकाको तथ्यांक अनुसार हालसम्म स्वदेशमै रहेका ५९ र बिदेशबाट गाउँपालिका भित्रिएका २९ जनाको पिसिआर परिक्षण गरिएको छ भने स्वदेशकै २० र बिदेशबाट आएका ८ जनाको आरडिटी परिक्षण गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार ०९:३९

प्रतिक्रिया दिनुहोस्