विद्युत प्राधिकरण सिन्धुलीको लापरबाही : रुखरुखमा विद्युतको तार

सिन्धुली : विद्युत प्राधिकरण सिन्धुली वितरण शाखाले विद्युत बिस्तार गरिरहदा त्यसको रेखदेख र ब्यबस्थापनमा खासै वास्ता नगर्दा समुदायमा जोखिमको बाताबरण सृजना भएको छ ।

गोलन्जोर गाउँपालिका – ५ स्थित खनियाखर्क २६ भनिने स्थानमा हरियो रुखमा टाङ्गिएको विद्युतको तारले अत्यन्त जोखिम युक्त अबस्था सृजना भएको स्थानियको गुनासो छ । हरियो रुखमा बर्षौ देखि तार घोटिएर चुढिन लाग्दा समेत प्राधिकरणले वास्ता गरेको छैन, ‘स्थानिय गोलन्जोर गाउँपालिका – ५ का नेत्रबिक्रम थापाले गुनासो पोखे । प्राधिकरण सिन्धुली वितरण शाखाको यस्तो चरम लापरवाहीले स्थानीय त्रसित छन् । 

गोलन्जोर – ५ को बिपि राजमार्ग आसपास भएर अव्यवस्थित तबरले टाङ्गिएको बिजुलीको तारलाई ब्यबस्थापन गर्न प्राधिकरण शाखालाई पटक–पटक माग गरे पनि बेवास्ता गरेको स्थानिय थापाले बताए ।

उनले भने, ‘म यहा खनियाखर्क बस्न थालेको धेरै भएको छैन तर यहाँको तारको अबस्था हेर्दा अत्यन्त त्रासयुक्त छ । केही दिन  अघि मेरो पसलमा आगलागी भएर लाखौको धनमाल नष्ट भयो । हावाहुरी थोरैमात्र आउनासाथ विद्युतको पावर घटबढ भइरहने हुन्छ । त्यसैको कारण हो कि के हो फ्रीजको पावर सकेट जलेर आगलागी भएको हो । अब यसको जिम्मा कस्ले लिन्छ उहाँले प्रतिप्रश्न  गरे ।

हरियो रुखबाट विस्तार गरिएको तारले कुनै पनि बेला खतरा आइपर्न सक्छ ।’ रुखमा तार टाँगिएपछि खेतबारीमा काम गर्न समेत खतरा रहेको भन्दै प्राधिकारणलाई पटकपटक अनुरोध गर्दासमेत बेवास्ता गरेको स्थानीयले बताए । प्राधिकरण वितरण शाखा सिन्धुलीले भने यसबारे कुनै जानकारी नभएको बताएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०५:४६

प्रतिक्रिया दिनुहोस्