गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द

सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । 

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना जारी गरिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

‘वर्षे विदाबाट विदा कटौती गर्ने भएकाले २१ देखि २४ गतेसम्म विदा सूचना जानकारी गराइन्छ,’ सुचना मार्फत नगरप्रमुख पोखरेलले भनेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार ०२:५३

प्रतिक्रिया दिनुहोस्