एसइइ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ?
✍️ पुष्कर थापा – सिन्धुली
के हाे होटल म्यानेजमेन्ट ?
होटल म्यानेजमेन्ट भनेको खाना पकाउन सिकाउने मात्र हैन । यो प्राविधिक विषय हो । पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातवरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो ।
नपढेकाले पनि होटल चलाउन सक्छन् । तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ ।
गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ ।
सिन्धुली र होटल म्यानेजमेन्ट शिक्षा
सिन्धुलीमा पहिलोपटक २०७५ सालदेखि सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट संचालनमा छ । होटल म्यानेजमेन्ट पढेपछि हस्पिटालिटी क्षेत्रको कुनै पनि ठाउँमा काम गर्न सकिन्छ । स्वउद्यम बन्नको लागि यो उपयुक्त कोर्ष हो भन्ने उदेश्यका साथ सिन्धुलीमा होटल म्यानेजमेन्ट कलेज स्थापना गरिएको कलेजका प्रबन्धक समीर ढकाल बताउछन ।
उहाँका अनुसार, ‘कृषिपछि सम्भावना बोकेको क्षेत्र पर्यटन हो । त्यसैले होटल पनि पर्यटनसँग जोडिएको छ । टप होटल खुल्ने क्रम बढ्दो छ । पहिले ट्रेनिङको भरमा होटलमा काम गर्ने चलन थियो । अहिले विश्वविद्यालयले कोर्षकै रुपमा पढाउन थालेपछि यो क्षेत्र राम्रो भएको छ । बेरोजगार बस्नु नपर्ने क्षेत्र भएकाले विद्यार्थीको आकर्षण पनि बढेको छ ।
प्रबन्धक ढकालका अनुसार होटल म्यानेजमेन्ट कलेजमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ अप्रेसन, होटल एकाउन्ट, फ्रन्ट अफिस र हस्पिटालिटी बिषयमा प्रयोगात्मक र सैद्धान्तिक प्रणाली बाट बिद्यार्थीलाई अध्यापन गराइन्छ ।
कति खर्च लाग्छ ?
सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा नेपाल सरकार बाट मान्यता प्राप्त प्लस २ अफ होटल म्यानेजमेन्ट कोर्ष (दुई बर्षे) अध्यन सम्पन्न गर्नको लागी एक लाख ४० हजार शुल्क बिद्यार्थीले बुझाउनु पर्ने कलेजका कार्यक्रम संयोजक तारा चौलागाईंले बताए ।
त्यस्तै एक बर्षे डिप्लोमा कोर्ष सम्पन्न गर्नको लागी एक लाख २० हजार बुझाउनु पर्ने र १८ महिने एडभान्स डिप्लोमा कोर्ष सम्पन्न गर्नको लागी दुई लाख २० हजार शुल्क बुझाउनु पर्ने उहाँको भनाइ छ । तर प्लस २ र डिप्लोमा एकै पटक सम्पन्न गरे दुई लाख ९५ हजारमा कोर्ष सम्पन्न हुने संयोजक चौलागाईं बताउनुहुन्छ ।
छात्रवृत्ति तथा शैक्षिक ॠणको ब्यबस्था
सिन्धुलीमा नेपाल सरकार बाट मान्यता प्राप्त प्लस २ अफ होटल म्यानेजमेन्ट कोर्ष संचालनमा रहेको छ भने लिंकन युनिभर्सिटी मलेसियाबाट अनुमती प्राप्त डिप्लोमा र एड्भान्स डिप्लोमा कलेजको स्वीकृत कोर्ष हाल संचालनमा रहेको छ ।
यस कलेजमा युनिभर्सिटीले तोकेको छात्रवृत्ति बाहेक गरिब जेहेन्दार र मेहेनती विद्यार्थी, सरकारी स्कुलबाट एसइइ दिने र राम्रो पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था गरिएको छ । साथै कलेजले आफु ग्यारेन्टी बसेर अर्थात कलेजको सिफारिसमा बैंकमा प्रमाण पत्र धितो राखी बिद्यार्थीले शैक्षिक कर्जा निकालेर समेत पढ्न पाउने व्यवस्था शुरु गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक समीर ढकालका अनुसार २०८० जेष्ठ २१ गते सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र सिटिजन बैंक लि. सिन्धुली शाखा बिच एक सम्झौता सम्पन्न भएको छ । उहाँका अनुसार आर्थिक अभाबको कारण अब सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट कलेजमा बिद्यार्थी भर्ना हुन नपाउने र आफ्नो रोजाइको बिषय पढ्न नपाउने अबस्थाको अन्त्य भएको छ । निर्देशक ढकालका अनुसार कलेजको सिफारिसमा भर्ना हुन चाहेका बिद्यार्थीले ३ लाख सम्मको शैक्षिक कर्जा बैंकबाट सहजै पाउनेछन ।
साथै बिद्यार्थीले आफुले चाहेको कोर्ष सम्पन्न गरिसकेपछी रोजगारिमा लाग्ने र रोजगारिमा लागेपछी किस्तामा बैंकको ऋण चुक्ता गर्ने गरि ब्यबस्था मिलाइएको उहाँको भनाइ छ ।
इन्टर्नसिप
कलेजमा अध्यनरत बिद्यार्थीले कम्तिमा १ वर्ष इन्टर्नसिप गर्नुपर्छ । इन्टर्नसिप विदेशका स्टार होटलमा गएर गर्न सकिन्छ । विदेशमा गएर इन्टर्न गर्नका लागि व्यवस्थापन स्वयं सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले गर्नेछ । खान बस्न र यातायातको सुविधा होटलले नै व्यहोर्छ । भारत, चीन, बहराइन, हङकङ, मलेसिया थाइल्यान्ड लगायत जस्ता बाह्य देशहरुमा इन्टर्नसिपमा जाने ब्यबस्था मिलाइएको कलेजले जनाएको छ ।
कहाँ काम गर्न पाइन्छ ?
सरकारी कार्यालय
तारे होटल/होटल/रिसोर्ट
ट्राभल एन्ड टुरिजम
क्याट्रिङ म्यानेजमेन्ट
इभेन्ट म्यानेजमेन्ट
स्वउद्यम
राष्ट्रिय तथा गैरसरकारी संस्था
स्वरोजगारको अवसर
होेटल म्यानेजमेन्ट पढेर स्वारोजगार बन्न सकिन्छ । अरुको काम गर्ने भन्दा आफ्नै लगानीमा होटल खोल्न सकिन्छ । आफ्नो क्षमता अनुसार लगानी गरेर काम गर्न सकिन्छ । स्टार होटल, रिसोर्ट, क्याफे, रेस्टुरेन्ट, बार खोलेर काम गर्न सकिन्छ । यो क्षेत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । आफैं होटल खोल्न नसके अरुकोमा काम गरेर कमाउन सकिने क्षेत्र हो ।
विदेश यात्रा
होटल म्यानेजमेन्ट पढेका धेरै बिद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेको छ । अन्य विषय पढेका भन्दा यो विषय पढेकाको भिसा लाग्ने सम्भावना धेरै हुन्छ ।
चीन, बहराइन, हङकङ, मलेसिया, थाइल्यान्ड, अमेरिका, अष्ट्रेलिया लगायत देशहरुमा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुगेका छन् । जाने खर्च भने आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । तर फ्री भिषा फ्री टिकटको लागी कलेजले नै समन्वय गरिदिने गरेको कलेजका कार्यक्रम संयोजक तारा चौलागाईं बताउनुहुन्छ ।
इन्टर्नसिपमै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले त्यही राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशमा धेरै कमाउन पनि सक्छन् ।
कस्तो रुची भएकाले पढ्ने ?
खाना पकाउनेदेखि सर्भेस गर्नेसम्मको रुची भएकाले पढ्दा राम्रो हुने कलेजका प्रबन्ध निर्देशक समीर ढकाल बताउनुहुन्छ । मानिसलाई मिठो मिठो खान मन पर्छ । तर पकाउने टेक्निक थाहा हुदैन ।
त्यसैले विभिन्न परिकारका खाना पकाउन रमाइलो मान्नेका लागि यो कोर्ष उपयुुक्त हुन्छ । धेरै मानिससँग घुलमिल र भ्रमण गर्न रुची भएकाको लागि यो कोर्ष राम्रो हुन्छ उहाँको भनाइ छ ।
मुस्कानसहितको सेवा अध्यनको लागी कलेज
सिन्धुली लगायत समग्र नेपाल पर्यटन क्षेत्रको हब हो । आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ । बर्सेनि लाखौं विदेशी पर्यटक घुम्न, अध्ययन अनुसन्धानको लागि आउँछन् ।
छोटो सययका लागि घुम्न आउने पर्यटकको संख्या बढ्दो छ । पर्यटक बस्ने भनेको होटल, लज, रिसोर्टमा हो । पर्यटकले राम्रोे खाना, बस्न र मनोरञ्जन खोजेका हुन्छ । त्यसका लागि मिठो बोलीमा मुस्कान सहितको सेवा आवश्यक पर्छ ।
पर्यटक आउँदा र बिदाइमा गरिने सत्कार महत्वपूर्ण हुन्छ । यसले विश्वसामू नेपाललाई चिनाउने काम गर्छ । यी सबै विषयको व्यवस्थापन सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले गर्छ प्रबन्धक ढकाल बताउनुहुन्छ । दिनप्रतिदिन ठूला–ठूला होटल रिसोर्ट खुल्ने क्रममा छन् । विदेशका होटलमा समेत काम गर्ने अवसर भएकाले होटल म्यानेजमेन्टको महत्त्व झन बढेको छ ।
रोजगारको अवसर भएको क्षेत्र
होटल भन्ने बित्तिकै खाना पकाउने मात्र हो भन्ने भ्रम छ । तर पछिल्लो समय होटल म्यानेजमेन्टलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने र रोजगारका अवसर सृजना गर्ने क्षेत्र होटल हो ।
आतिथ्य सत्कारदेखि खान बस्नसम्म राम्रो वातवरण चाहिन्छ । त्यो व्यवस्थापन गर्ने भनेको जो कोहीले गर्न सक्दैन । जसले पढेर बुझेर गरेको हुन्छ । उसले मात्र व्यवस्थापन गर्न सक्छ । होटल खोलेर मात्र हुदैन । राम्रो व्यवस्थापन हुनुपर्छ ।
पर्यटकको चाहना इच्छा पुरा गर्न सक्नुपर्छ । यदी फितलो सेवा भयो भने त्यसले नराम्रो असर पार्छ । त्यसैले होटलका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न होटल म्यानेजमेन्टको भुमिका महत्त्वपूर्ण हुन्छ त्यो हामी पुर्णतः प्रयोगात्मक र सैद्धान्तिक तबरले अध्यापन गराइरहेका छौ कलेज ब्यबस्थापकको भनाइ छ ।
स्वउद्यम बन्ने अवसर
होटल म्यानेजमेन्ट पढेपछि हस्पिटालिटी क्षेत्रको कुनै पनि ठाउँमा काम गर्न सकिन्छ । स्वउद्यम बन्नको लागि यो उपयुक्त कोर्ष हो । कृषिपछि सम्भावना बोकेको क्षेत्र पर्यटन हो । त्यसैले होटल पनि पर्यटनसँग जोडिएको छ । टप होटल खुल्ने क्रम बढ्दो छ ।
पहिले ट्रेनिङको भरमा होटलमा काम गर्ने चलन थियो । अहिले विश्वविद्यालयले कोर्षकै रुपमा पढाउन थालेपछि यो क्षेत्र राम्रो भएको छ । बेरोजगार बस्नु नपर्ने क्षेत्र भएकाले विद्यार्थीको आकर्षण पनि बढेको छ ।
होटल म्यानेजमेन्ट सिन्धुलीको आकर्षण
पढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ । होटल म्यानेजमेन्ट पढेर व्यवसाय गर्नेहरु र रोजगारको लागी बाह्य देशहरुमा जानेहरु पनि सफल भएका छन् ।
सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टमा एडिएचएम अध्यन पूरा गरि रोजगारको लागी आबुदाबी होटल एण्ड रिशोर्टमा काम गर्न पुगेकी सिन्धुलीकि आशा कडेरिया अहिले मासिक १ लाख भन्दा बढी पारिश्रमिक लिन्छिन । होटल म्यानेजमेन्ट पढेर आफुले राम्रो कमाइ गर्न सकेकोमा उनी अरुलाई पनि होटल म्यानेजमेन्ट पढ्न सल्लाह दिन्छिन ।
ग्राण ह्यात कुबेतमा काम गरिरहेकी सिन्धुलीकि मनिषा श्रेष्ठले पनि आफुले मासिक १ लाख १० हजार भन्दा माथी कमाइ गरिरहेको बताउछिन ।
आफ्नो भबिस्य र आफ्नो करियर होटल क्षेत्रमा देख्नुभएको छ भने समय खेर नफाली सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टमा भर्ना हुन उनी सुझाउछिन ।
अन्त्यमा
होटल पनि पर्यटनसँग जोडिएको छ । पर्यटक आएपछि बस्ने भनेको होटलमै हो । पर्यटन प्रर्वद्धनमा होटलको महत्वपूर्ण भूमिका हुन्छ । स्थानीय र प्रदेश सरकारले पनि होटल र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ ।
त्यस्तै होटल, लज, रिसोर्ट, क्याफे खुल्ने प्रक्रियामा छन् । अन्तर्राष्ट्रिय स्टार होटलहरुमा पनि नेपाली कामदारको माग बढ्दो छ । नेपाली इमान्दार र राम्रो काम गर्ने भएकाले विदेशीको रोजाइमा नेपाली कामदार पर्ने गरेका छन ।
देशलाई आर्थिक रुपमा समृद्ध र रोजगारको क्षेत्र होटल भएकाले होटल म्यानेजमेन्ट शिक्षालाई प्रभावकारी बनाउनु आवश्यक छ । त्यसको लागी उपयुक्त गन्तव्य र तपाइँको रोजाइ सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट नै हुन सक्छ कि ?