बिकास निर्माणमा समन्वय अपरिहार्य: अध्यक्ष कार्की

सिन्धुली । सिन्धुलिमाढिको शिवनगरमा निर्माणाधीन आइसोलेसन भवन निर्माणको लागी गोलन्जोर गाउँपालिकाले रु. पाँचलाख रुपैयाँ सहयोग गरेको छ ।

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) को उपस्थितीमा आईसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठलाई आइतबार गाउँपालिकाको तर्फबाट अध्यक्ष पुष्पबहादुर कार्किले रु. ५ लाख रुपैयाँको चेक हस्तान्तरण हस्तान्तरण गरेका हुन ।

सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले भवन निर्माणको क्रममा आर्थिक तथा भौतिक अभाब भएमा गोलन्जोर गाउँपालिका जुनसुकै समयमा थप सहयोग गर्न तयार रहेको बताए ।

सामाजिक बिकासको कार्यमा प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) बाट जुन हरेक राजनीतिक दल, संघ/संगठन, सहयोगी निकाय तथा ब्यक्तीसंग समन्वय भयो यो अत्यन्त सम्मानजनक कार्य भएको अध्यक्ष कार्किले बताए ।

भाद्र ३ बाट निर्माणकार्य शुरु भएको आइसोलेसन भवनको करिब ८२ % काम सम्म्पन्न भैसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

२५ दिनसम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष सहित नेकपा बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) को अगुवाईमा निर्माण भैरहेको आइसोलेसन भवनका लागि जिल्ला स्थित स्थानिय तह, विभिन्न संघसंस्था तथा सहयोगी ब्यक्तिबाट सहयोग जुटिरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १३:४०

प्रतिक्रिया दिनुहोस्