सुचनामा: राजकुमार

सिन्धुली – सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीको प्रथम जिल्ला भेला शुक्रवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला भेलाले सर्वसहमत रुपमा जिल्ला शाखा सिन्धुलीको कार्यसमिति गठन गरेको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पुर्व सभापती राजकुमार कार्कीको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीको अध्यक्षमा राजकुमार कार्कीको नेतृत्वमा उपाध्यक्षमा सन्तोष शर्मा, सचिवमा सादेशमणी पोख्रेल, सहसचिवमा मनोज दाहाल, कोषाध्यक्षमा प्रतिक्षा कार्की, सदस्यहरुमा क्रमशः गोविन्द खड्का, सुनिता दर्नाल, गंगा बिशुंके, प्रतिमा दियाली र गुण कुमारी मगर चयन हुनुभएको छ ।

सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीले आम नागरिकको सुचना पाउने हक सुनिश्चीत गर्न यस महासंघको प्रदेश, केन्द्र र जिल्ला स्थित बिभिन्न संघ-संस्था र कार्यालय संग समन्वय र सहकार्य गर्ने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:५५

प्रतिक्रिया दिनुहोस्