सिन्धुली दुधौलीमा चट्याङ पर्दा दुई कार दुर्घटना, सात जना घाइते

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका- ४ मा बुधबार दिउँसो चट्याङ पर्दा मदन भण्डारी राजमार्गमा गुडिरहेका दुईवटा कार सडक दुर्घटनामा परेका छन । दुर्घटनामा परि दुई कारमा सवार पाँच जना घाइते भएका छन् । 

स्थानीय दाताराम गौतमका अनुसार दुधौली नगरपालिका-४ को लक्ष्मीपुर र पचरुखीमा एकसाथ चटयाङ पर्दा उदयपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश वीएवी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नं कारहरु अनियन्त्रित भई पल्टिँदा कारमा सवार पाँच जना घाइते भएका हुन् ।

घाइतेको उद्धार गरी सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि सिन्धुली अस्पताल र काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

सोही बेलाको चट्याङका कारण स्थानीय दुईजना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ११:५९

प्रतिक्रिया दिनुहोस्