तरुण दल केन्द्रिय तदर्थ, समितीमा सिन्धुलीका चार तरुण मनोनित

सिन्धुली – नेपाल तरुण दल केन्द्रिय तदर्थ, कार्यसमितीमा देशका सात प्रदेशबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्यहरु मनोनयन गरिएको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले विद्वान गुरुङ्गको अध्यक्षतामा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्य रहनेगरी तदर्थ समिती मनोनित गर्नुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति अनुसार उक्त तदर्थ समितीमा सिन्धुलीबाट प्रतिनिधित्व हुने गरि चार केन्द्रीय सदस्य मनोनित गरिएको छ । जसमा क्रमशः सुजन थापामगर, भुपेन्द्र पौडेल, डम्बरबहादुर कार्की र खिला कुमारी दाहाल (लक्ष्मी) रहेका छन ।

मनोनित केन्द्रीय सदस्य सुजन थापा मगर नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ का तरुण दल सभापती, नेपाल मगर संघ बागमती प्रदेश समितीका सभापती र नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत हुन भने भुपेन्द्र पौडेल नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) का प्रदेश अधिबेशन प्रतिनिधी हुन भने प्रदेश सभा निर्वाचनको तत्कालीन सभापतिका प्रतिस्पर्धी समेत हुन ।

सङ्गै नेपाल तरुण दल केन्द्रीय तदर्थ समितीको सदस्यमा मनोनित डम्बरबहादुर कार्की नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधी हुन भने सदस्यमा निर्वाचित खिला कुमारी दाहाल (लक्ष्मी) पद्मकन्या बहुमुखी क्याम्पस नेपाल बिद्यार्थी संघको निवर्तमान एकाइ सभापति तथा नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य हुन ।

२०८० असार १३ गते बसेको केन्द्रीय समितीको निर्णय अनुसार पार्टी सभापती देउवाले सिन्धुलीबाट प्रतिनिधित्व हुने गरि ४ सय सदस्यीय तदर्थ समिती मनोनित गर्नु भएको हो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार ०७:०६

प्रतिक्रिया दिनुहोस्