मलाइ केही भएको छैन भनेपछी उहाँलाई पठाएका हौं- प्रहरी प्रमुख के.सि

सिन्धुली – गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडलमाथि आफुले हातपात गरेको भन्ने भ्रमपुर्ण खबर सम्प्रेषण नगर्न र सत्यलाई तोडमोड गरेर राजनैतिक आस्थाको आधारमा संचार माध्यम र सामाजिक संजालमा गलत अफवाफ नफैलाउन वडाध्यक्ष दौलत कार्कीले समाजिक संजाल र संचार माध्यमलाई सचेत गराएका छन ।

वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडलले बेलुका मापसे सेवन गरेका र बिहान पनि हल्का मापसे सेवन गरेर गाउँ सभाको बैठकमा आएका उनको आरोप छ । गाउँ सभाको बैठक संचालनको तयारी हुँदै गर्दा कार्यपालिका सदस्यहरु लगायत अन्य अनौपचारिक कुराकानी गरिरहेको ठाउमा आएर प्रशासकीय अधिकृतले जथाभावी बोलेपछि उनलाई मापसे चेकजाचको लागी ईलाका प्रहरी कार्यालय खुर्कोटमा लिएर गएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय खुर्कोटको समन्वयमा स्थानिय अस्पतालमा प्रमुख प्रशासकिय अधिकृत पौडेलको मापसे सेवनको चेकजाच गर्न जादा नेगेटिभ देखाएको र घटना बारे बुझ्दा आफुलाइ कसैले हातपात नगरेको र आफू ठिक भएको भनेर अधिकृत पौडेल त्यहाबाट निस्किएको ईलाका प्रहरी कार्यालय खुर्कोट कार्यालयका प्रमुख प्रहरी निरीक्षक सबिता के.सीले बताइन ।

गएको असार १० गते गोलन्जोर गाउपालिकाको गाउँ सभा बसेको थियो । तर गाउँ सभामा प्रस्तुत नीति कार्यक्रममा बिबाद आएपछी सभा स्थगित भएको थियो । त्यसपछि १२ गतेका लागि गाउँसभा तोकिएको थियो । १२ गते पनि कुनै निर्णय नभएपछी गाउँसभा बस्न सकेको थिएन ।
 
पुनः बिहीबार पनि गाउँसभा बस्नका लागि बैठक बोलाइएको थियो । सोहि सभामा सहभागी हुन कार्यपालिका सदस्य लगायत प्रमुख प्रशासकीय अधिकृत बैठकमा पुगेका थिए । तर गाउँसभा शुरु नै नभइ बाहिर अनौपचारिक छलफल चलीरहेका बेला प्रशासकिय अधिकृत पौडेल आएर जथाभावी बोलेको वडाध्यक्ष कार्कीको भनाइ छ । जसको कारण बिहिबार तेस्रो पटक बस्न लागेको गाउँसभापनी स्थगित भएको कार्कीले बताए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १४:२७

प्रतिक्रिया दिनुहोस्