सुनकोशी–मरिण डाइभर्सन कार्यप्रगती: (७.५७१) किमि सुरुङ्ग निर्माण

सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ्ग खन्ने कार्य ९ महिना १० दिनमा ७ हजार ५७१ मिटर ( ७.५७१ किमी) सम्पन्न भएको छ । यो ५६ दसमलव ८६ प्रतिशत कार्यप्रगती हो । गत असोज महिनाको २८ गते सुरुङ खन्ने काम थालनी भएको थियो ।

१३ दशमलव तीन किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ७ हजार ५ सय ७१ मिटर सुरुङ खन्नेकाम सकिएको आयोजनाले जनाएको छ । सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगती लक्ष भन्दा बढि भएको छ । गत आवमा भौतीक प्रगती लक्ष १ सय २० प्रतिशत र वित्तिय लक्ष ९९ दसमलव ७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

रकम अभावमा वित्तिय लक्षमा थोरै कमी भएको आयोजनाको जनाएको छ । आयोजनाको हालसम्मको प्रगती लक्ष भौतिक र वित्तिय १३ प्रतिशत रहेकोमा भौतीक तर्फ २१ दसमलव ४ प्रतिशत र वित्तिय तर्फ १९ दसमलव २ प्रतिशत रहेको छ ।

सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजनाका आयोजना प्रमुख मित्र बरालका अनुसार आयोजनाको कुल लागत ४६ अर्व १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्व ८६ करोड गत आव सम्ममा खर्च भएको छ । यो आयोजनाका लागि शुरुमा २ अर्व ८ करोड बिनियोजन भएकोमा अपुग भइ थप एक अर्व ९ करोड सरकारबाट प्राप्त भएको थियो ।

गत आवमा ५ अर्व ४१ करोड प्राप्त भइ खर्च भएको छ । चालु आवका लागि सरकारले बिनियोजन गरेको रकम ४ अर्व ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्व खर्च हुने देखिएको छ । आयोजनाको कामको गति अनुसारको अपुग बजेट माग गर्ने जनाइएको छ ।

सुरुङ खन्नेकाम काम कमलामाइ नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल माहाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउ शीरमा टिबिएम मेसिन पुगेको छ । एकहजार ३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र जुन सबैभन्दा बढि उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरि सुरुङ खन्ने टीबीएम मेशिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेको आयोजना प्रमुख बरालले बताउनुभयो ।

प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत गृह, सिंचाइ, सामाजिक लगाएतका काम भएको आयोजनाले जनाएको छ । सुनकोशी र तामाकोशीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोशीमा बाध बाध्नका लागि ठेक्का संझौता भइ निर्माण व्यवसायीले काम शुरु गरेको छ । मुल्यवृद्धी सगै ०८४ सालमा आयोजना सम्पन्न हुँदा कुल लागत बढेर ४९ अर्व ४२ करोड पुग्ने आंकलन गरिएको छ ।

सुनकोशीमा हेडवर्कस निर्माणको ठेक्का संझौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण शुरु गरेका छन् । उच्च प्रबिधिबाट ५ दशमलब ५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भैरहेको आयोजनाले जनाएको छ । ल्याव परिक्षणबाट स्वीकृत भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएको जनाइएको छ । यहि गतिमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुनकोशी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुनेछ । यो तामाकोशी र सुनकोशी नदीको संगमस्थल त्रिवेणी भन्दा ९ सय मिटर तल पर्छ ।

आयोजनाका अनुसार खुर्कोटमा सुनकोशी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूमेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ ।

त्यहा ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादन संगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिचाई सुविधा पुर्याउने आयोजनाको लक्ष छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ०५:२१

प्रतिक्रिया दिनुहोस्