सिन्धुलीमा झण्डै ४० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

सिन्धुली – भोलीबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुँदैछ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

भिटामिन ‘ए’ ६ महीनादेखि माथि उमेर समुहकालाई खुवाइन्छ भने जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले कार्तिक २ र ३ गते आफ्ना बच्चाहरुलाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

सरकारको वार्षिक नियमित कार्यक्रम अनुसार वर्षको दुई पटक कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन हुने गरेको छ । सिन्धुलीमा यस बर्ष २१ हजार २५३ जनालाई भिटामिन ‘ए’ र १८ हजार ७४३ जनालाई जुकाको औषधि खुवाउने लक्ष राखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए ।

यसै कार्यक्रम अन्तर्गत २३ महीनासम्मका बालबालिकालाई पोषण तत्वसहितको बालभिटा पनि दिने गरिएको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १०:११

प्रतिक्रिया दिनुहोस्