लोकतन्त्रबादी जनजाती महासंघ सिन्धुलीको तदर्थ समिती गठन

सिन्धुली – नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ जिल्ला कार्य समिती सिन्धुलीको दोस्रो जिल्ला अधिबेशन सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ जिल्ला कार्य समिती सिन्धुलीका सभापती जगत बहादुर भोलनको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।

जिल्ला अधिबेशनले जगत बहादुर भोलनको संयोजकत्वमा २९ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेको छ । जिल्लाको सबै निर्वाचन क्षेत्र, पालिका र भुगोलको प्रतिनिधित्व हुने गरि तदर्थ समिती गठन गरिएको कार्यक्रमका प्रमुख अतिथी तथा पार्टिका सभापती उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

तदर्थ समितीमा सुवास लामा, अशोकराज भण्डारी, पार्बती थापा, कल्याण सुनुवार, जितलाल अधिकारी, झलक बहादुर थापा मगर, भद्रा माझी, मिलन सुनुवार, कृष्ण सुनुवार, डम्बर बहादुर श्रेष्ठ, श्रवण अधिकारी दनुवार, प्रमोद पाख्रीन, हेमराज श्रेष्ठ, तिलक पुलामी सदस्यमा मनोनित गरिएको छ ।

त्यस्तै नृपबहादुर भुजेल, बिमलमान मोक्तान, चन्द्र बहादुर श्रेष्ठ, रबिन कुमार श्रेष्ठ, अरबिन गुरुङ्ग, गङ्गादेबी श्रेष्ठ, बिष्णु कुमार कर्माचार्य, जनक स्याङ्तान, कमला थिङ्ग, लालबहादुर सुनुवार, मोहन बिक्रम श्रेष्ठ, सुवास राई, कमला मानन्धर र मुन्ना बम्जन लाई सदस्यमा मनोनित गरिएको छ ।

जिल्ला अधिबेशनमा लोकतन्त्रबादी आदिबासी जनजाती महासंघका केन्द्रिय सदस्य तथा सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) का प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जन, पुर्व प्रतिनिधि सभा सदस्य तथा पुर्व पार्टी सभापती मोहन प्रसाद बराल, कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १०:१४

प्रतिक्रिया दिनुहोस्