सिन्धुलीको सेल्फी डाडामा बगनबेरी र असारे फुल बृक्षारोपण

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका – २ स्थित बिपि राजमार्गमा पर्ने पर्यटकीय स्थल सेल्फी डाडामा आइतबार फुल बृक्षारोपण गरिएको छ ।

कमलामाइ नगरपालिकाको समन्वयमा पर्यटकिय क्षेत्र सेल्फीडाडामा दुई हजार भन्दा बढी बगनबेरी र असारे जातको फुल बृक्षारोपण गरिएको हो ।

मोडर्न नर्सरी बनेपा र छिम्केस्वरी नर्सरी पाँचखालले उक्त फुलको बिरुवा सहयोग गरेको कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । फुल बृक्षारोपण जिल्ला बन डिभिजन कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा गरिएको हो ।

बनेपा नगरपालिका – ११ काभ्रेपलान्चोकका सकुल थापाको परिकल्पना ब्यबस्थापन तथा आर्थिक सहयोगमा सम्पन्न भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।

सेल्फी तथा फोटो खिच्नको लागी भिड लाग्ने गरेको उक्त पर्यटकिय क्षेत्र सेल्फीडाडामा उक्त फुलको बिरुवा हुर्किएपछि प्राकृतिक सौन्दर्यतामा थप सुन्दरता ल्याउने नगरपालिकाले बिस्वास लिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ०९:५६

प्रतिक्रिया दिनुहोस्