सिन्धुलीमा शृङ्खलाबद्ध चोरी: मल्लगाउँका स्थानियमा त्रास

सिन्धुली – सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ४ मल्लगाउँमा बुधबार रातिको समयमा रिभर भ्यु कटेज तोडफोड गरि नगद रुपैयाँ चोरि भएको छ ।

बुधबार राती उक्त कटेजमा चोरी भएको केही समय लगत्तै सोही वडाको मल्लगाउँका स्थानिय अभय अधिकारिको घरमा समेत अज्ञात समूहले घरको ढोका तोडफोड गरि नगद चोरी गरेको कटेजका संचालक जीवन खड्काले बताए ।

केही समय अघि आफ्नै पसलमा यसैगरी चोरी भएको र चोरिमा संलग्न लाई आफुले प्रत्यक्ष रुपमा भेटेर जिल्ला प्रहरी समक्ष बुझाएको तर आफु कानुनी प्रक्रियामा जादा आफ्नै खर्च दुई लाख भन्दा बढी हुन्छ भन्ने भएपछी आफुले उस्लाइ छोड्दिन प्रहरीलाई भनेको खड्काको स्मरण छ ।

तर अघिल्लो दिन चोरीमा संलग्न रहेको ब्यक्ती त्यतिबेलाको चोरिको क्रममा भेटिएको ब्यक्ती नभएको उनको जिकिर छ । बुधबार राती एकैपटक दुई स्थानमा चोरी भएकोमा कटेज र अधिकारीको घरबाट नगद मात्रै चोरी भएको स्थानिय अभय अधिकारिले बताए ।

अज्ञात ब्यक्तीले दुई स्थानबाट करिब नगद १ लाख भन्दा बढी चोरी गरेको छ । यसरी पटक-पटक घटेका घटनाले स्थानिय र आफुहरु त्रसित बनेको कटेजका संचालक खड्काले अंकपत्रसँग भने ।

आफैले चोरिमा संलग्न ब्यक्तीलाई पक्राउ गरेर प्रहरी सामु बुझाउदा समेत प्रहरिले आफुलाइ सहयोग हुने हिसाबले प्रतिक्रिया नदिएपछी आफुले पछिल्लो दिनमा चोरी भएको घटनालाई प्रहरी सामु उजुरी नदिएको खड्काको भनाइ छ ।

सिन्धुलीमाढीको बजार नजिकै चोरीको घटना हुदाँ स्थानीय बासिमा त्रास फैलिएको छ । पछिल्लो समय जिल्लाको सदरमुकाम स्थित बिभिन्न स्थानमा चोरीका घटना घटिरहेका छन् ।

पछिल्लो समय जिल्लाका विभिन्न व्यावसायिक पसल र ब्यक्तीको घरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैनन र दोशी लाई प्रहरी सामु बुझाउदा समेत उचित कारबाहीमा ल्याउन नसकेको स्थानियको गुनासो छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १३:३८

प्रतिक्रिया दिनुहोस्