जिल्ला अदालत सिन्धुलीद्वारा वडाध्यक्ष कार्कीलाई धरौटी तारिखमा छुट

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ का वडाध्यक्ष दौलत कार्कीलाई जिल्ला अदालत सिन्धुलीले धरौटी तारिखमा पुर्पक्षको लागी सोमबार छुट गरिदिएको छ ।

जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजलासले आरोपित वडाध्यक्ष कार्कीलाई थुनछेक आदेशमा धरौटी तारिकमा छुट गरिदिएको हो ।

प्रतिबादिको तर्फबाट अधिबक्ता कानुन व्यावसायि प्रेमचन्द्र दाहालले गर्नुभएको बहसमा आरोपित कार्कीलाई २५ हजार धरौटि तारिकमा छोडिएको कानुन ब्यबसायी दाहालले बताउनुभयो ।

वडाध्यक्ष कार्कीलाई गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेललाई अभद्र व्यवहार गरेको आरोपमा पौडेलले कानुनी कारबाहिका लागी निबेदन दिएका थिए । 

प्रमुख पौडेलले दिएको निबेदन अनुसार वडाध्यक्ष कार्कीले गत असार १४ गते गाउँपरिषद चलिरहेका बेला आफुमाथि अभद्र व्यबहार गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

वडाध्यक्ष कार्कीले भने आफूले कुनै अभद्र व्यवहार नगरेको दावी गर्दै आएका थिए । कार्की नेपाली कांग्रेसबाट सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नम्बर -२ को वडाध्यक्षमा दोश्रो कार्यकालको लागी निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ११:३७

प्रतिक्रिया दिनुहोस्