सिन्धुली फिटिङको बस्ती पहिरोको जोखिममा

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका ११ फिटिङ्गस्थित भिरगाउँ जाने बाटोमा रहेको बस्ती पहिरोको जोखिममा परेको छ । लगातारको बर्षाका कारण बस्ती नजिकै पहिरो गएपछी बस्ति पहिरोको जोखिममा परेको हो ।

बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन । लगातारको बर्षाका कारण बस्तीभन्दा माथीबाट पहिरो र ठुला-ठुला रुखहरु ढल्ने र बगेर आउने अबस्था आएपछि बस्ती जोखिममा परेको स्थानिय पुतलीमाया वाइबाले बताउनुभयो ।

पहिरोको कारण यस बस्तीमा स्थायी रुपमा बसोबास गर्दै आएका ५ घर जोखिममा र चार घर उच्च जोखिममा परेका छन । कमलामाइ नगरपालिका – ११ भिरगाउ जाने चौक नजिकै सुर्यदिप बन उपभोक्ता समिती अन्तरगत पर्ने बन क्षेत्रमा पहिरो जादा बस्ती जोखिममा परेको हो ।

पहिरोबाट प्रभावित स्थानीयले ढल निकास, हिडने बाटो र विद्युतको व्यवस्था गरिदिन कमलामाइ नगरपालिकालाई अनुरोध गरेपछी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले लगत्तै स्थलगत अनुगमन गर्नुभएको छ ।

नगर प्रमुख पोखरेलले नगरपालिका भित्रका सबै पहिरो प्रभावितहरुको समस्या समाधानको लागि आवश्यक योजना बनाएको र नगरपालिकाले बिपत्तका प्रभावित सबै नागरिकलाई आबस्यक सहयोग गर्ने जनाउनुभयो ।

पहिरो प्रभावितको लागि तत्काल राहत उपलब्ध गराउने संगै दिर्घकालिन व्यवस्थापनको लागि नगरपालिकाले योजना बनाएको नगरपालिका प्रमुख पोखरेलको भनाई छ । जिल्लाको विभिन्न स्थानमा यस बर्ष पहिरो र बाढीका कारण प्रभाबीत हुने क्रम बढेको छ । पहिरोको जोखिम कम गर्न स्थानीय सरकारले पहिरो रोकथामका लागि आवश्यक काम अगाडी बढाउन आवश्यक छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १२:४५

प्रतिक्रिया दिनुहोस्