मरिणका पहिरो प्रभावितलाई कांग्रेस सिन्धुलीद्वारा राहत सहयोग

सिन्धुली – मरिण गाउँपालिका -२ बाकाका पहिरो प्रभावितलाई नेपाली कांग्रेस सिन्धुलीले राहत सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस मरिण गाउँपालिका समितीको समन्वयमा कांग्रेस सिन्धुलीले बिहिबार राहत सामाग्री सहयोग गरेको हो ।

अबिरल बर्षाका कारण गएको सोमबार राती बाकामा खहरेका कारण तीन घरमा क्षती गरेको थियो । स्थानिय दलबहादुर पिठाकोटे, छत्रबहादुर थापा र शेरबहादुर अस्तानिको घरमा क्षती गरेको पहिरो प्रभावित छत्रबहादुर थापाले बताउनुभयो ।

पहिरो प्रभावितलाई राहत सामाग्री त्रीपाल र सिमेन्ट नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले हस्तान्तरण गर्नुभएको हो ।

राहत सामाग्री हस्तान्तरण गर्दै पहिरो तथा खहरे नियन्त्रणको लागी आफुले सकेको आबस्यक सहयोग गर्ने र आबस्यक तारजालीको लागी पालिका समिती संग समन्वय गर्न समेत पहिरो प्रभावितलाई सभापती पोखरेलले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ०९:४७

प्रतिक्रिया दिनुहोस्