हरेक साझ गोलन्जोरबासीले उपाध्यक्षको धम्की खेप्नु पर्ने ?

सिन्धुली – ‘यो कस्तो दिन आयो ? हरेक साझ गोलन्जोर गाउँपालिकाको उपाध्यक्षबाट आम नेता कार्यकर्ताले फरक दलमा आबद्ध भएको कारण विभिन्न खाले धम्की खेप्नु पर्ने ?, ‘गोलन्जोर गाउँपालिका वडा नम्बर -५ नेपाली कांग्रेसका वडा सभापती हरिशरण बस्नेतले बुधबार बिहान अंकपत्र संग गुनासो पोखे ।’

वडा सभापती बस्नेतले भने, ‘फरक दलमा आबद्ध भएकै कारण उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गोलन्जोरकै कुनै वडाको सभापती तथा निर्वाचित वडाध्यक्षलाई फरक दलमा आबद्ध भएका कारण ज्यान मार्ने धम्की दिदै काटेर सुनकोशीमा हाल्दिने समेतको धम्की भिडियो मार्फत दिएका छन ।

त्यसो त बस्नेत या अरु कुनै वडाको सभापतीलाई मात्रै धम्की दिन भ्याएका छैनन उपाध्यक्ष न्यौपानेले गएको श्रावण २२ गते राती करिब ८:०० बजेको समयमा गोलन्जोर गाउँपालिका नेपाली कांग्रेस सभापती मोतिराज सापकोटालाई नै भोली लडाइ लड्ने गरि आउनु कांग्रेसजन लाई यो निम्तो भयो भनेर खुलम खुल्ला धम्की नै दिए ।

यस किसिमको धम्की पाएपछि कांग्रेस सभापती मोतिराज सापकोटाको नेतृत्वमा २३ गते नेपाली कांग्रेसमा आस्थावान नेता कार्यकर्ता गोलन्जोर गाउँपालिकाको कार्यालय गए । छलफलको माध्यमबाट अब यस्ता गतिबिधी नदोहोर्‍याउने शर्तमा उपाध्यक्ष न्यौपानेले सार्बजनिक माफी मागे पश्चात् बिबाद सामान्य बन्यो ।

सार्बजनिक रुपमा विभिन्न सामाजिक संजाल मार्फत धम्की, चुनौती तथा बिबादास्पद अभिव्यक्ति दिने त उपाध्यक्ष न्यौपानेको दैनिकी नै मान्न सकिन्छ तर ब्यक्तीगत र संस्थागत रुपमा जुन खुल्ला धम्की साझ परेपछि आउने गरेको छ त्यो सामान्य किसिमले स्वीकार्न नसकिने बताउछन कांग्रेस वडा सभापती, बस्नेत । ‘

सोमबार राती करिब १० बजेको समयमा फेसबुकको मेसेन्जरमार्फत आफुलाइ मात्रै नभएर आफ्नो जन्म दिने आमालाई समेत आत्मसम्मानमा ठेस पुग्ने गरि जथाभाबी अपशब्द लेखेर उपाध्यक्ष न्यौपानेले आफुलाई धम्की दिएको वडासभापती बस्नेतले बताए ।

सिधै अपशब्दबाट लेख्न शुरु गरेका उपाध्यक्ष न्यौपानेले उक्त किसिमको अपशब्द मात्रै लेख्न भ्याएनन आफू जनयुद्धको योद्धा रहेकाले पुकारलाई त्यसरी पनि बुझ्न खुल्ला चुनौती दिन भ्याए । वडा सभापती बस्नेतले भने यस्ता धम्की र चुनौतीलाई कानुनी उपचारबाट सल्ट्याउने न्यौपानेलाई प्रतिक्रिया दिएका छन ।

बस्नेत भन्छन, ‘यसरी स्थानिय सरकारको नेतृत्वबाटै फरक दलमा आबद्ध भएकै कारण हरेक साझ अपशब्द सुन्नुपर्ने, धम्की चुनौती सहनु पर्ने त्यो कसैलाई स्विकार्य छैन, यसलाई कानुन सम्बत ढंगबाट हामी अघि बढ्छौ र दोशीलाई कारबाही हुनुपर्छ ।

उनले भने, ‘कुनै शब्द तथा बोली यस्ता छन कि जुन पढ्न र सुन्न पनि नसक्ने छन । यो किसिमका धम्की हामीले कति दिन सम्म झेल्नु पर्ने हो ? यो किसिमको प्रवृत्तिलाई सधैको लागी अन्त्य गर्न हामिले कानुनी उपचार खोजिरहेका छौ ।’

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ०६:२६

प्रतिक्रिया दिनुहोस्