यौन प्रजनन र मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा किशोर किशोरीको लागी यौन तथा प्रजनन स्वास्थ्य र आमा समुहको लागी मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नोरेकको आर्थिक सहयोग तथा अवार्ड बङ्गलादेशको साझेदारिमा संचालित पारस्परिकता सुनिश्चितता गर्दै मातृ र प्रजनन स्वास्थ्य सेवा सुधार कार्यक्रम अन्तर्गत सचेतना तथा अभुमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

समुदायिक बिकास कार्यक्रम (साबिका) सिन्धुली संगको समन्वयमा संचालित परियोजना जिल्लाको कमलामाइ नगरपालिका, शुनकोशी र तिनपाटन गाउँपालिकामा संचालित परियोजना हो । २०२० देखि तीन पालिकामा संचालित परियोजना २०२३ नोभेम्बरमा सम्पन्न हुने परियोजना अधिकृत बिकास केसीले जानकारी दिनुभयो ।

परियोजना अधिकृत केसिका अनुसार सुनकोशी गाउँपालिकामा संचालित किशोर किशोरीको लागी यौन तथा प्रजनन सम्बन्धी सहजिकरणमा स्थानिय ३० किशोर किशोरिले उक्त तालिममा सहभागिता जनाएका छन ।

किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान दिने उदेश्यले उक्त तालिम संचालन गरिएको तालिमका सहजकर्ता तथा परियोजना अधिकृत केसिले बताउनुभयो ।

त्यस्तै सोही पालिकामा मङ्सिर २६ गते आयोजना गरिएको आमा समुहका लागी मातृ शिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रममा स्थानिय २० महिला तथा आमा समुहले सचेतना कार्यक्रममा सहभागिता जनाएका छन ।

आमा समुहहरुलाई मातृ शिशु स्वास्थ्य सम्बन्धी ज्ञान दिने उदेश्यले उक्त सचेतना कार्यक्रम आयोजना गरिएको परियोजनाका अधिकृत तथा सहजकर्ता निशा खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:३२

प्रतिक्रिया दिनुहोस्