माओवादी विशेष अभियान: स्वास्थ्य प्रमुख देखी प्रधानाध्यापक सम्म

सिन्धुली – अहिले सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान देशभर सञ्चालन गरिरहेको छ ।केन्द्रिय समितीको निर्णय अनुसार तीन चरण गरेर जिल्ला जिल्लामा तीनमहिने “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” माओवादी केन्द्रले सुरु गरेको हो ।

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको छ भने दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया र टोलटोलमा भेला, प्रशिक्षण गर्ने रहेको छ । 

तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनपरिचालन गर्ने तथा सुशासन र समृद्धिको पक्षमा सरकारले गरेको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम तय गरेको छ । 

सोही अभियानमा दलगत रुपमा माओवादी केन्द्रमा रहेका आम नेता कार्यकर्ता केन्द्रिय परिपत्र अनुसार अहिले गाउँ-गाउँमा छन । नेता कार्यकर्ता मात्रै होइन सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा बिधालयका प्रध्यानाध्यापक देखि क्षिक्षक र स्वास्थ्यकर्मी समेत कार्यालय छोडेर अभियानमा सरिक हुने गरेका छन ।

अमले स्वास्थ्य केन्द्रका स्वास्थ्य प्रमुख रामनाथ मण्डल स्वास्थ्य केन्द्रमा सेवा लिन आएका बिरामीलाई समेत बेवास्ता गरेर माओवादी विशेष रूपान्तरण अभियानमा सरिक छन । अहिले आम जनमासमा प्रकोप बनेको डेङ्गु लगायत आँखा पाक्ने रोगले आक्रान्त बनेको समयमा स्वास्थ्य केन्द्रको प्रमुख नै पार्टिको अभियानमा कार्यालय छोडेर हिडेपछी घ्याङ्लेखका स्थानिय रुष्ट बनेका छन ।

स्वास्थ्य प्रमुख मण्डल मात्रै होइन हायुटार मरिण माबीका प्रधानाध्यापक समेत रहेका बिजयकुमार थिङ्ग अभियान शुरु भए देखी गाउँ-गाउँमा आयोजना हुने कार्यक्रमको मञ्चमा भाषण ठोक्न पुग्ने गरेका छन ।

आजभोली बिधालय समयमा प्रधानाध्यापक लाई बिधालयमा नभेटिने स्थानिय बताउछन । उहाँलाई पार्टिको कार्यक्रममा हिडेरै भ्याइनभ्याई छ स्कुल त कहिलेकाही मात्रै हो नाम नबताउने शर्तमा एक स्थानियले गुनासो गरे ।

हायुटार मरिण माबीका प्रधानाध्यापक बिजयकुमार थिङ्गको श्रीमती बुद्धिमाया गोले थिङ्ग पनि सोही पालिका स्थित प्राबी कोल्टारको स्थायी शिक्षिका हुन । आफ्नो श्रीमान संगै बिधालय छोडेर पार्टिले चलाएको विशेष अभियानमा दैनिक सरिक हुने उनको अहिले दैनिकी जस्तै भएको छ ।

घ्याङ्लेख गाउँपालिका वडा नम्बर -३ पाँचघरे प्राबीका शिक्षक हुन बिष्णु स्याङ्ताङ्ग । उनी पनि आजभोली बिधालयमा कम पार्टिले चलाएको अभियानमा बढी भेटिन्छन । यसरी आफ्नो कार्यालय समय छोडेर पार्टिले चलाएको अभियानमा सरिक हुने कर्मचारीलाई कानुनी उपचार हुनुपर्ने गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन बताउछन ।

अध्यक्ष भोलनका अनुसार स्वास्थ्य केन्द्रमा स्वास्थ्य प्रमुख नभेटिनु बिधालयका प्रधानाध्यापक तथा शिक्षक बिधालयमा नभेटिनु दु:खद रहेको जनाउदै पालिकाले सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोध्ने र सम्बन्धित जिल्ला प्रशासन र शिक्षा कार्यालयमा निबेदन दिइएको छ । अध्यक्ष भोलनले भने, ‘हामिले निबेदन दिएका छौ प्रमुख जिल्ला अधिकारिले सम्बन्धित ब्यक्तीलाई बोलाएर स्पष्टीकरण सोध्ने र कानुनी कारबाही गरिने भन्नुभएको छ, हामी त्यस्मा बिश्वस्थ छौँ ।’

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १४:४३

प्रतिक्रिया दिनुहोस्