सिन्धुली कांग्रेस प्रशिक्षण: महामन्त्री शर्मा र आचार्यले सहजीकरण गर्ने

सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीले आयोजना गर्ने बि.पि को प्रजातान्त्रिक समाजबाद: अभ्यास, चुनौती र सम्भावनाहरु बिषयक अभिमुखिकरण कार्यक्रममा
नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सहजीकरण गर्ने भएका छन ।

प्रशिक्षण शाखा सिन्धुलीले यहि भाद्र २७ गते सिन्धुली माढीमा आयोजना गर्ने अभिमुखीकरण कार्यक्रमलाई महामन्त्री बिश्वप्रकाश शर्मा र केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यले सहजीकरण गर्ने कार्यतालिका रहेको प्रशिक्षण शाखा सिन्धुलीका संयोजक दिपक घिमिरेले बताए ।

सोमबार कार्यक्रमको तयारी र उपलब्धीबारे पत्रकार तथा संचारकर्मीलाई जानकारी गराउदै घिमिरेले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिए ।

संयोजक घिमिरेका अनुसार, ‘जिल्लाको ७९ ओटै वडा कार्यसमिती, शुभेच्छुक तथा भात्री संस्था, प्रदेश तथा पालिका समिती, जिल्ला समिती साथै संघ र प्रदेशका अधिबेशन प्रतिनिधिहरुलाइ पत्रचार गरिएको र प्रशिक्षण कार्यक्रममा उहाँहरुकै सहभागिता हुने तयारी रहेको छ ।’

नेपाली कांग्रेसले जिल्ला ब्यापी कांग्रेस पार्टिको अबधारणा, शिदान्त, स्पष्टता, ऐतिहासिक पृष्ठभुमि, बिकास निर्माण प्रक्रियामा, अग्रसरतामा एबम समग्र नेपाली कांग्रेसमा आवद्ध ब्यक्तिहरुको नेतृत्व बिकासमा चुस्तता ल्याउनको लागी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत संयोजक घिमिरेले जानकारी दिए ।

उक्त उदेश्यको लागि नेपाली कांग्रेस सिन्धुलीका पार्टी उपसभापति समेत रहेका घिमिरेको संयोजकत्वमा १५ सदस्यीय नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा गठन भएको र यसले प्रभाबकारी रुपमा निश्चित उदेश्य पूरा गर्नको निम्ती अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको प्रशिक्षण शाखाले जानकारी गराएको छ ।

नेपाल प्रेस युनियनसंग आबद्ध युनियन कर्मीको उपस्थितीमा आयोजना भएको पत्रकार सम्मेलनमा संचारकर्मी संग अन्तरक्रिया संगै सुझाब संकलन समेत गरिएको र मिडिया मार्फत यसलाइ व्यापक प्रचार-प्रसार गर्न समेत अनुरोध गरिएको प्रशिक्षण शाखाका उप-संयोजक नानिबाबु घिमिरेले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १०:०८

प्रतिक्रिया दिनुहोस्