अधेरी खोलाको बगरमा उजेल्लीएको काँस फुल [फोटोकथा]

सिन्धुली – नेपालीहरुको महान पर्व हरितालिका तिज, दशै, तिहार र छठपर्वको आगमनको संकेत गर्दै नदी तथा खोला किनारहरुमा सेतै भएर फुल्ने बनस्पति प्रजातिको काँसले पर्वहरुको आगमनको संकेत गर्दछ ।

काँस फुल्नु आफैमा प्राकृतिक सौन्दर्यता त हुँदै हो काँस फुल्नुलाई स्थानिय बुढापाकाहरु अन्नबालीहरु राम्रो उत्पादन भइ सहकाल लाग्ने र रोगव्याधी समेत हटेर जानेमा बिश्वास गर्छन ।

बिपि राजमार्ग र मध्यपहाडी लोकमार्गको छेउमा रहेको अधेरि खोलाको बगरमा सेताम्य भएर फुलेको काँसफुल – तस्बिर: पुष्कर थापा

यतिबेला सिन्धुली भएर जाने बि.पि राजमार्ग, मदनभण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतको आसपासका नदी तथा खोलाका बगरहरुमा सेताम्मे फुलेको काँसले थप प्राकृतिक सौन्दर्यता मजबुत बनाएको छ ।

हिउँ परेझै सेतै देखीले यो प्राकृतिक हराबराले नदी कटान नियन्त्रणमा सघाउ पुर्‍याउनुका साथै वीपी राजमार्ग लगायत अन्य राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई समेत आकर्षित र आनन्दित तुल्याउने गरेको छ । काँसलाई ढकिया बनाउन समेत प्रयोग गरिन्छ ।

बिपि राजमार्ग र मध्यपहाडी लोकमार्गको छेउमा रहेको अधेरी खोलाको बगरमा फुलेको काँस – तस्बिर: पुष्कर थापा
प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ०७:१५

प्रतिक्रिया दिनुहोस्