नतिजाको आधारमा सिन्धुलीका दुई सामुदायिक स्कुल उत्कृष्ट

सिन्धुली – यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस -२०८० मनाइँएको छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।

०६२ र ०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलबार पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थालाई पुरस्कृत गरेको छ ।

देशभरका सार्बजनिक (सामुदायिक) बिधालय मध्येबाट २०७९ सालको माध्यामिक शिक्षा उतिर्ण परिक्षामा प्राप्त गरेको नतिजाको आधारमा राष्ट्रिय स्तरमा प्रथम भएको सिन्धुलीको दुधौली नगरपालिका -११ दुधौली मैनी स्थित कमला माध्यामिक बिधालयले राष्ट्रिय शिल्ड, ध्वजा र नगद ३ लाख पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै देशभरका सार्बजनिक (सामुदायिक ) बिधालय मध्येबाट २०७९ सालको माध्यामिक शिक्षा उतिर्ण परिक्षामा प्राप्त गरेको नतिजाको आधारमा राष्ट्रिय स्तरमा सिन्धुलीकै कमलामाइ नगरपालिका – ४ स्थित कमला माध्यामिक बिधालय दोश्रो भएको छ ।

उक्त बिधालयले समेत राष्ट्रिय शिल्ड, ध्वजा र नगद २ लाख पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार कमला माध्यामिक बिधालयका ब्यबस्थापन समितीका अध्यक्ष तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले पुरस्कार ग्रहण गर्नुभएको हो ।

पुरस्कार बितरण नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले एक समारोहका बिच पुरस्कार बितरण गर्नुभएको हो । पुरस्कृत हुने सार्वजनिक विद्यालयतर्फ तेस्रो नारायण माध्यमिक विद्यालय कुमाख सल्यान भएको छ । त्यस्तै, निजी लगानीका विद्यालयतर्फ प्रसादी एकेडेमी ललितपुर, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाण्डौ, बूढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाण्डौ रहेका छन् ।

त्यस्तै, प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाइफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर मोरङ रहेका छन् ।

क्याम्पसतर्फ पुल्चोक क्याम्पस, ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल रूपन्देही, काठमाण्डौ मोडेल कलेज, बागबजार तथा समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी, भक्तपुर र कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर सुर्खेत रहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार २३:३७

प्रतिक्रिया दिनुहोस्