फिक्कल -३ को वडाध्यक्षको कार्यकक्षमै मकैको बिस्कुन

सिन्धुली – सरकारी कामकाजका लागि केन्द्र र जिल्ला धाइरहनुपर्ने झन्झट आमनागरिकले भोग्नुपरिरहेका बेला स्थानिय सरकार संचालन भएपछी त्यो समस्या धेरै हद सम्म दुर भएको पक्कै छ । स्थानिय सरकार संचालन पश्चात् साबिकको गाबिस अहिले वडा कार्यालय मार्फत संचालनमा रहेको छ ।

वडा कार्यालय मार्फत नाता प्रमाणित, नागरिकता तथा प्रतिलीपि सिफारिस देखी लिएर घर बहाल कर, मोहि लगत कत्ता सिफारिस लगायत २६ प्रकृतीको सेवा वडा कार्यालय बाटै आम नागरिकले पाउने गरेका छन ।

तर, सिन्धुलीको फिक्कल गाउँपालिका -३ का सेवाग्राहीले आफुहरुले दुई दिनसम्म वडा कार्यालय मार्फत सहज सेवा लिन नपाएको गुनासो गरेका छन । कारण हो वडाध्यक्षको कार्यकक्षमै मकैको बिस्कुन ।

फिक्कल गाउँपालिका – ३ का वडाध्यक्ष हुन टेकबहादुर मगर । उनी बैदेशिक भ्रमणको सिलसिलामा हाल दुबइमा छन । उनी भ्रमणमा जानू अगावै उनको कार्यक्षमा मकैको बिस्कुन सुकाइएको थियो । के प्रयोजनको लागी मकैको बिस्कुन कार्यकक्षमा लगाइयो भन्ने जिज्ञासा मेटाउन उनिसङ्ग फोन सम्पर्क हुन नसकेपछी कार्यालयका सचिव रामकुमार कार्कीसङ्ग कुरा भयो ।

वडा सचिव कार्कीका अनुसार वडाध्यक्ष मगरले गाउँकै एकजनालाइ खेतबारी अधिया दिएका थिए । त्यसबाट अध्यक्षले पाउने मकै वडा-कार्यालयमा ल्याएर राख्दिएका रहेछन । मकै गुम्सिएर बिग्रीएला भनेर उनले कार्यकक्षमै सुकाइदिएछन वडा सचिव कार्कीले प्रस्ट्याए ।

वडा कार्यलयमा यसरी मकै बिस्कुन लगाउदा आउने सेवाग्राहीलाई असहज हुने र यसरी कार्यक्षमै बिस्कुन लगाउनु नहुने भनेपछि ती ब्यक्तीले तेस्रो दिन कार्यकक्षबाट मकै उठाएर लगेको कार्कीले बताए । यता सेवा लिन आएका सेवाग्राही भने वडाध्यक्षकै कार्यकक्षमा यसरी मकैको बिस्कुन लगाउनु गलत भएको भन्दै यो कार्यले आफुहरुलाइ सेवा लिन कठिनाई भएको बताउछन ।

स्थानिय एक ब्यक्तीका अनुसार वडाध्यक्ष मगरले आफू वडाध्यक्ष भएको र आफुले जे गर्दा पनि हुन्छ भन्ने अहमले यस्तो गलत गतिबिधी वडामा हुने गरेको आरोप लगाए । वडा अध्यक्ष मगर बैदेशिक भ्रमण सकेर केही दिन पछि स्वदेश फर्किदैछन ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०६:१३

प्रतिक्रिया दिनुहोस्