स्थानिय उत्पादनमुखी उद्योग संचालन गर्न जोड दिनेछु: मन्त्री चित्रकार

सिन्धुली – बागमती प्रदेश उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सिन्धुलीमाढीमा रहेको शितभण्डार र तिनपाटनमा रहेको फलाम खानीलाई सम्भाब्यता अध्यन गरेर उद्योगको रुपमा संचालन गर्न आफुले सकेको सहयोग गर्ने जनाएका छन ।

नेपाली कांग्रेस सिन्धुलीले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उद्योग तथा सामान्य प्रशासन मन्त्री चित्रकारले यस्तो बताएका हुन ।

जिल्लाको स्थानिय उत्पादन जुनार, सुन्तला, भुइकटहर लगायतका फलफुललाइ व्यावसायिक खेतीको रुपमा स्थापित गर्न सके उद्योग तथा कलकारखाना संचालन गर्न कठिनाइ नहुने उहाँको भनाइ छ ।

मन्त्री चित्रकारले आत्मनिर्भर र स्वाभिमानी अर्थतन्त्र निमार्ण गर्नको लागी हरेक ब्यक्ती उत्पादन सङ्ग जोडिनुपर्ने बताए । अर्थतन्त्रसँगै समाजलाई रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्र, स्वाभिमानमा निर्भर अर्थतन्त्र, आफ्नै स्रोत र साधनबाट विकास गर्न सक्ने अर्थतन्त्रको निमार्ण गर्न आफुले पहल गरिरहेको उल्लेख गरे ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा धन्यबाद तथा स्वागत ब्यक्त गर्दै पोखरेलले जिल्लाको सम्भाबित उद्योग तथा कलकारखाना लाई अध्यन गरि प्रदेश मन्त्रालयबाट हुने प्राबिधिक तथा आर्थिक सहयोग गर्न मन्त्री चित्रकारलाई अनुरोध समेत गरे ।

नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जनले प्रदेशको योजना तथा बिकास निर्माण कार्यलाई प्रदेश मन्त्रालय समक्ष आफुले पुलको काम गरिरहेको बताएका छन ।

योजना तथा बिकास निर्माणको प्रस्ताब सबै समुदायको प्रतिनिधित्व गराएर छनौट गरि विभिन्न मन्त्रालयमा आफुले पेश गरेको र त्यस्मा मन्त्रालयको पुर्ण सहयोग रहनेमा आफू आशाबादी रहेको उहाले बिश्वास छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार ०८:२८

प्रतिक्रिया दिनुहोस्