विश्व स्कुल दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सिन्धुली – ९ औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएशन जिल्ला समिति सिन्धुलीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

एसोसिएशनको आयोजनामा विश्व स्कुल दूध दिवसकाे अवसरमा “स्वस्थ जिवनकाे लागि दूध तथा दुग्धजन्य पदार्थको महत्व” शिर्षकमा सिन्धुलीको विद्याश्रम अंग्रेजी माध्यामिक विद्यालयमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सोही बिधालयका १२ छात्रछात्राले सहभागिता जनाएका थिए । प्रतियोगी मध्ये छात्रा बेन्जु घिमिरेले प्रथम स्थान हासिल गरिन । त्यस्तै स्मिता भुजेलले द्वितीय स्थान हासिल गरिन भने अनिशा मग्राती तेस्रो भइन ।

प्रथम हुने स्मिता भुजेललाई नगद दुई हजार सहित प्रमाण-पत्र, द्वितीय हुनेलाई १५ सय सहित प्रमाणपत्र र तृतीय हुनेलाई एक हजार सहित नगद र प्रमाणपत्र प्रदान गरिएको एसोसिएशनका जिल्ला समिती अध्यक्ष बलराम अधिकारीले बताए ।

प्रतियोगिता सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) का बागमती प्रदेशसभा सदस्य क्षेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यता तथा कमलामाइ नगरपलिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बम्जनले समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता रहेको बताए । यी मध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः लागू हुन सकिरहेको अबस्था नभएको जनाउदै बम्जनले विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य रहेको बताए ।

सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा भएको जनाउदै उहाँले जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै गएको बताए । कार्यक्रम एसोसिएशन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारिको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १४:०९

प्रतिक्रिया दिनुहोस्