सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता शुरु: बिजेतालाई कालिज पुरस्कार

सिन्धुली – आउदै गरेको बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट सिन्धुलीमाढिमा शुरु भएको छ ।

भेटेनरी अस्पताल ब्याडमिन्टन समुहद्वारा आयोजित प्रतियोगिताको लागी ३२ वटा टिम दर्ता भएको र बिहिबार पाँच वटा टिमको खेल सकिएको भेटेनरी अस्पताल ब्याडमिन्टन समूह सिन्धुलीका अध्यक्ष शम्भु बहादुर श्रेष्ठले बताए ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का प्रदेश सभा सदस्य छेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो । प्रतियोगितामा पहिलो हुने टिमले एक जोडि कालिज, द्वितीय हुने टिमले एक जोडि भाले र तृतीय हुने टिमले एक जोडि हासको साथमा सिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बम्जनले यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडी बनाउन ठूलो भूमिका खेल्ने धारणा राख्दै तीनै तहका सरकारले यस्ता खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिनु पर्ने बताए । प्रतियोगिता आउने शनिबारसम्म तीन दिन संचालन हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १२:५७

प्रतिक्रिया दिनुहोस्