सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -६ स्थित शिद्ध प्राथमिक बिधालयका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । बिधालयका छात्रछात्राहरुलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुली र अवार्ड बङ्गलादेशको साझेदारीमा नोरेक परियोजनाको आर्थिक सहयोगमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो ।
अवार्ड बङ्गलादेशकि प्रतिनिधि ज्योती देबिको उपस्थितीमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीले बिधालयमा अध्यनरत ५० छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरिएको साबिकाका अध्यक्ष मिलन श्रेष्ठले बताउनुभयो ।
नोरेक परियोजनाको सहयोगमा अवार्ड बङ्गलादेशको साझेदारीमा सामुदायिक बिकास कार्यक्रमले बिगत २०२१ देखी जिल्लाको मातृशिशु, परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
शैक्षिक सामाग्री बितरण पश्चात् बिधालय ब्यबस्थापन समितीका अध्यक्ष शेखर मिश्रले सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गर्दै नोरेक परियोजनाको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीले महिला तथा बालबालिकाको क्षेत्रमा उदाहरणीय काम गरिरहेको बताए । उहाँले शैक्षिक सामाग्री वितरणबाट विद्यार्थीको हौसलामा अभिवृद्धि हुने धारणा राख्नुभयो ।