सिन्धुली – राहत शिक्षकहरुको आन्दोलनको लागी सिन्धुलीबाट काठमाडौ जाँदै गरेको शिक्षक सवार इलेक्ट्रीक गाडी शुक्रबार बिहान दुर्घटना हुँदा दश शिक्षक घाइते भएका छन भने घाइते मध्य एकको अबस्था गम्भीर रहेको छ ।
सिन्धुलीबाट काठमाडौको लागी हिडेको म.प्र ०४-००१ ज. ००६२ नम्बरको इलेक्ट्रीक गाडी जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक बिपि राजमार्गमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटना परि कमलामाइ नगरपालिका १ स्थायी ठेगाना भएका बर्ष ३४ का मुकुन्द थापाको टाउकोमा चोट लागी गम्भीर घाइते भएका छन । उनको धुलीखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
त्यस्तै सवारी दुर्घटना परि कमलामाइ नगरपालिका -६ का बर्ष ४६ का निरकुमार चालिसे, बनेपा नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ४० कि गर्ववती समेत रहेकी गार्की बस्नेत, कमलामाइ नगरपालिका -५ बस्ने बर्ष ४६ कि कमला घिमिरे घाइते हुनुभएको र अबस्था सामान्य रहेको प्रहरिले जनाएको छ ।
त्यस्तै तिनपाटन गाउँपालिका १० बस्ने बर्ष ४० का राजन कार्की, कमलामाइ नगरपालिका १ बस्ने बर्ष ४१ का भुवन थापा, कमलामाइ नगरपालिका ४ बस्ने बर्ष ४० कि बबिता देबकोटा, कमलामाइ नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ४६ का बिष्णु ढकाल साथै उनका छोरा बर्ष ११ का निश्चल ढकाल र कमलामाइ नगरपालिका ६ बस्ने बर्ष ४० का सरोज थापा दुर्घटना परि घाइते भएका छन ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार घाइतेहरुलाई धुलिखेल अस्पतालमा उपचारको लागी पठाइएको छ । सवारी चालक कमलामाइ नगरपालिका -८ स्थायी ठेगाना भएका बर्ष २६ का तेजबहादुर कार्की लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।