पुर्ण अपाङ्गता ब्यक्तिलाई घरमै पुगेर नागरिकता बितरण

सिन्धुली – जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ का पुर्ण अपाङ्गता भएका ५ जनालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले घरमै पुगेर नागरिकता प्रमाण-पत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाण-पत्र बितरण गर्नुभएको हो ।

सुनकोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामकुमार श्रेष्ठको पहलमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको संयोजकत्वमा गएको प्राबिधिक टोलिले घरमै पुगेर आबस्यक कागजात संकलन गरि नागरिकता प्रमाण-पत्र प्रदान गरिएको हो ।

वडा नं. १ का पूर्ण अपाङ्गता भएका ब्यक्ती वर्ष १७ की सुस्मिता सार्की, वर्ष ४० का रेशम श्रेष्ठ, वर्ष १७ का आशिष मोक्तान, वर्ष २५ का सुधा माया योन्जन र वर्ष ३२ की कुमारी योन्जन सहित ५ जनालाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

पुर्ण अपाङ्गता भएको कारण जिल्ला प्रशासन कार्यालय गएर नागरिकता ल्याउन नसकिरहेको बेला वडाध्यक्षको पहलमा प्रमुख जिल्ला अधिकारी नै घरमै आएर आफ्नो नागरिकता बनाइदिनु भएकोमा अत्यन्त खुशी लागेको अपाङ्गता भएका ब्यक्ती ४० बर्षिय रेशम श्रेष्ठले बताए ।

आफुहरुलाइ लिएर जान आउन समस्या भइरहेको बेला घरमै आएर सेवा प्रदान गर्नुभएकोमा अपाङ्गता भएका ब्यक्तीका अभिभावकले प्रमुख जिल्ला अधिकारी र पहल गर्ने वडाध्यक्षलाई धन्यवाद ज्ञापन गर्दै यस्तै सुख दु:खको साथमा रचनात्मक कार्य गर्न प्रशासन र वडाध्यक्षलाई शुभकामना समेत दिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १०:१२

प्रतिक्रिया दिनुहोस्