शिद्ध प्रा.बि अधेरीका छात्रछात्रालाई सरसफाइ सामाग्री बितरण

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -६ स्थित शिद्ध प्राथमिक बिधालय अधेरी भञ्ज्याङमा अध्यनरत छात्रछात्रा लाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ ।

सिन्धुली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त बिधालयमा अध्ययनरत छात्रछात्रालाई उक्त सरसफाइ सामाग्री सहयोग स्वरुप बितरण गर्नुभएको बिधालय ब्यबस्थापन समितीका अध्यक्ष शेखर मिश्रले बताउनुभयो ।

आफ्नो ब्यक्तीगत तर्फबाट बिद्यार्थी बालबालिका, शिक्षक तथा कर्मचारिको स्वास्थ्य अबस्थालाई मध्यनजर गरेर उक्त स्वास्थ्य सामाग्री बितरण गरिएको कांग्रेस सदस्य कुलदिप कोइरालाले बताउनुभयो ।

बिद्यार्थी बालबालिकाको लागी दैनिक रुपमा प्रयोग हुने सरसफाइ सामाग्री ब्रस, मन्जन (कोलगेट) लगायतको सामाग्री बितरण गरिएको उहाँले बताउनुभयो ।

बिधालयमा अध्यनरत ५० बालबालिका, शिक्षक तथा कर्मचारीलाई प्रतिब्यक्ती तीन/तीन ओटा स्वास्थ्य सामाग्री ६० जनालाई बितरण गरिएको उहाँको भनाइ छ । प्रदेश सदस्य कुलदिप कोइरालाका अनुसार, ‘गोलन्जोर गाउँपालिका – ५ स्थित लोकभावना प्राबी, कमलामाइ नगरपालिका -८ स्थित धाप्सार प्राबीमा अध्यनरत बालबालिका, शिक्षक तथा बिधालयमा कार्यरत कर्मचारीलाई पनि सरसफाइ सामाग्री बितरण गरिएको उहाँको भनाइ छ ।’

खासगरी बजार क्षेत्र भन्दा टाढा ग्रामिण भेगमा संचालनमा रहेका बिधालयमा अध्यनरत बालबालिका जो सरसफाइको कमिले दिनानुदिन बिरामी हुने क्रम बढेपछी उक्त स्वास्थ्य सामाग्री बितरण गर्न आफुलाई इक्षा जागेको कोइरालाले बताउनुभयो ।

आगामी दिनमा समेत ग्रामिण भेगमा संचालनमा रहेका बिधालयमा अध्यनरत बालबालिकालाई आबस्यक स्वास्थ्य तथा सरसफाइ सामाग्री बितरण गर्ने लक्ष रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १२:१८

प्रतिक्रिया दिनुहोस्